२७ पुस, काठमाडौं । फ्रान्सेली व्यंग्य पत्रिका ‘चार्ली हेब्डो’को विवादित कार्टुन फेरि प्रकाशित गर्ने जर्मन पत्रिकाको कार्यालयमा आक्रमण भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार उत्तर तटीय शहर हमबर्गमा पत्रिकाको भवनमा आगो लगाईको छ । यद्यपि कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ ।
प्रहरकिा अनुसार ‘हमबर्गर मोर्गनपोष्ट’ को भवनमा ढुंगो समेत हानिउको थियो । लगतै बलिरहेको बस्तु फाल्दा भवनको तल्लो तलाको दुई कोठामा क्षति पुगेको छ । तर, समयमै आगो नियन्त्रणमा लिइएको छ ।
आक्रमणमा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, यो घटना फ्रान्सको पेरिस घटनासँग जोडिएकोबारे अहिले नै केही भन्न हतारो हुने प्रहरी अधिकारीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4