Comments Add Comment

क्रोएशियामा पहिलो महिला राष्ट्रपति निर्वाचित

२८ पुस, एजेन्सी । क्रोएशियामा कालिन्दा ग्रेबर किटारोबिक राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनी देशको पहिलो महिला राष्ट्रपति हुन् ।

kolinda-grabar-kitarovicनिकटतम प्रतिद्वन्द्वी ईवो जोसीपोविकलाई झीनो मत अन्तरले हराउँदै कोलिन्दा राष्ट्रपतिमा निर्वाचत भएकी छन् । कोलिन्दाले ५० दशमलव ५ प्रतिशत मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी जोसीपोविकको पक्षमा ४९ दशमलव ५ प्रतिशत मत खसेको छ ।

ईवोले आफ्नो हार स्वीकार गर्दै कोलिन्दालाई बधाई दिएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

कोलिन्दाको जीतले वामपन्थी गठबन्धनको विफलता पछि क्रोएशिया दक्षिणपन्थी विचारधारा तर्फ अघि बढेको विश्लेषण गरिएको छ । ६ बर्षसम्मको आर्थिक मन्दीका कारण वामपन्थी गठबन्धनको सरकारको आलोचना हुँदै आएको थियो ।

को हुन् कोलिन्दा ?

कोलिन्दा क्रोएशियन डेमोक्रेटिक यूनियनको एक राजनीतिक सदस्य हुन् । उनले सन् १९९१ मा क्रोएशियालाई यूगोस्लावियाबाट स्वतन्त्र बनाउन भूमिका निर्वाह गरेकी थिइन् ।

४६ वर्षीया कोलिन्दाले पूर्व विदेशमन्त्री र नेटोको सेक्रेटरी जनरलको भूमिका पनि निर्वाह गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment