Comments Add Comment

गंगा नदी किनारमा बेवारिसे शवको थुप्रो

dead body found in Ganga

  • शव थुप्रिएको गंगा नदी किनारको दृष्य । तस्वीर : एएनआई न्यूज

३० पुस, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित गंगा नदी किनारमा बेवारिसे अवस्थामा शव भेटिने क्रम नरोकिएपछि सरकारले जाँचबुझ गर्न स्थानीय प्रशासनलाई आदेश दिएको छ ।

पछिल्लो तीन महिनामा नदीको पेरियार घाटमा १०८ शव बेवारिसे अवस्थामा भेटिइसकेका छन् । ति शवलाई कुकुर, पंक्षीले खाएर क्षतविक्षत पारेका हुन्छन् । शवको उचित व्यवस्थापन नहुँदा वातावरण दुर्गन्धित भएको छ भने पानी पनि प्रदुषित भएको छ ।

कतिपय सडेगलेर चिन्नै नसकिने हुन्छन् । ति शवलाई जम्मा पारेर स्थानीय प्रशासनले जलाउने गरेको छ ।

महिलाको शव धेरै

अधिकांश शव महिलाका छन् । अविवाहित युवतीको मृत्यु भएमा स्थानीयले नजलाउने र गंगा नदीमा बगाइदिने गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी महानिरीक्षक (कानून व्यवस्था) सतीश गणेशले भने- ‘यहाँ अविवाहित युवतिको शव जलाउनुको साटो गंगामा बगाइन्छ । पेरियार घाटमा नदीको प्रवाह कम भएकोले यहीँ आएर शव थुप्रिन्छन् ।’

प्रदुषण मुक्त अभियानमा असर

नदी किनारमा शव भेटिएपछि माघे संक्रान्तिकोबेला गंगा नदीमा स्नान गरेर पवित्र हुन चाहनेहरु मर्कामा परेका छन् । उनीहरु स्नानका लागि पेरियार घाट जान डराउने गरेका छन् ।

बेवारिसे शवका कारण गंगा नदीलाई प्रदुषण मुक्त बनाउने अभियानमा असर परेको छ । सडेगलेका शव गन्हाउने र पशु पक्षीले लुछ्ने गरेकाले नदी किनार वरपरका बासिन्दा प्रभावित भएका छन् ।

गंगा प्रदुषण मुक्ति अभियानका संयोजक रामजी त्रिपाठीले गंगा नदी किनारमा सरसफाइ गरेर शव मुक्त बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment