
१ माघ, काठमाडौं । अमेरिकाको संघीय अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दायर मुद्दा खारेज गरेको छ ।
मानवअधिकार समूह अमेरिकन जस्टिस सेन्टरले गुजरातमा २००२ मा भएको दंगालाई लिएर मोदीविरुद्ध मुद्दा दायर गरेको थियो । गुजरात दंगाका बेला मोदी मुख्यमन्त्री थिए ।
कुनै पनि देशका प्रमुखविरुद्ध मुद्दा चलाउन नसकिने अदालतले बताएको छ । अभियोगपत्रमा मोदीमाथि तीन गम्भीर आरोप लगाएको थियो ।
गत सेप्टेम्बरमा मोदी अमेरिका जाने बेला न्यूयोर्कको एक अदालतले उनीविरुद्ध नोटिस जारी गरेको थियो । तर, अमेरिकी विदेश मन्त्रालयले भारतीय प्रधानमन्त्रीका रुपमा उनी कुनै पनि कानूनी उल्झनबाट अलग रहने बताएको थियो ।
अहिले अदालतले त्यसलार्य आधार बनाएर मोदीविरुद्धको मुद्दा खारेज गरेको बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4