+
+
Shares

सामाजिक अभियान्ता किरण बेदी भाजपा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १ गते १९:३४

kiran-bedi

१ माघ, काठमाडौं । भारतीय सामाजिक अभियान्ता किरण बेदी भारतीय जनता पार्टी भाजपामा प्रवेश गरेकी छन् ।

दिल्लीमा विधानसभा चुनावको घोषणा भएपछि उनी भाजपा प्रवेश गरेकी हुन् । भाजपा अध्यक्ष अमित शाह, वित्तमन्त्री अरुण जेटलीको उपस्थितिमा किरण पार्टी प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भाजपा अध्यक्ष शाहले किरण बेदीले दिल्ली विधान सभा लड्ने बताए । तर, कुन सिट भन्ने तय भएको छैन ।

दिल्लीमा फेब्रअरी ७ मा मतदान हुनेछ भने १० तारिखमा मतगणना हुनेछ ।

पार्टीले बहुमत पाए मुख्यमन्त्री को हुने पार्टी संसदीय बोर्डले निर्णय गर्ने शाहले बताए ।

किरण बेदीले भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको लिडरशिपबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताइन् ।

लोकपाल बिललाई लिएर समाजिक कार्यकर्ता अन्ना अजारेको नेतृत्वमा भएको आन्दोलनमा अरविन्द केजरीवाल र किरणसँगै थिए ।

तर, केजरीवालले आम आदमी पार्टी बनाएपछि हजार र किरणले समर्थन गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?