Comments Add Comment

विचित्रको होटल, जहाँ भालुसँग नुहाउन पाइन्छ, सिंहसँग खान पाइन्छ (फोटोकथा)

24AD2E8300000578-2909394-Nestled_in_the_heart_of_Australia_s_political_capital_The_Jamala-a-10_1421216060393
कल्पना गर्नुस् त यस्तो अवसर, जहाँ सिंहलाई ब्युँझाउन पाइन्छ, बियरसँग सँगै नुहाउन पाइन्छ तथा लेमुरसँग डिनर खान पाइन्छ । यो कोरा कल्पनाको काम जस्तो लाग्ने विषयलाई अस्ट्रेलियाको एक होटलले यथार्थमा परिणत गरिदिएको छ ।

अस्ट्रेलियाको क्यानबेरास्थित राष्ट्रिय चिडियाखाना तथा अक्वारियममा रहेको दी जमला वाइल्डलाइफ लजले आरामदायी बाससँगै अपि|mकी वन्यवातावरणको अनुभुति दिलाउँदैछ ।

चिडियाखानाका तिनवटा लोकेसनमा फैलिएको यो लजका १८ वटा कोठामध्ये केही जिराफले पुग्ने रुखका घर जस्ता छन् भने केही जंगली बंगलाजस्ता, जसले वन्जयन्तुसँगको निकै आत्मीय अनुभव प्रदान गर्दछन् ।
24AEBF2F00000578-2909394-image-a-11_1421216060401
एकहप्ता अघिदेखि संचालनमा आएको यो लजका संचालक रिचार्ड टिन्डेलका अनुसार विश्वका संकटापन्न वन्यजन्तुको संरक्षणका विषयमा जनचेतना जगाउनु उक्त लजको मुख्य उद्धेश्य हो । यो लजबाट उठेको नाफामध्येको केही रकम चिडियाखानाले संचालन गरेको वन्यजन्तु प्रजनन कार्यक्रममा खर्च हुनेछ ।

यो लजमा २६ जनासम्म पाहुना अटाउनेछन् । उनीहरुका लागि पौडी पोखरी, स्पा, खुल्ला बार, वन्यजन्तु अवलोकन कक्ष लगायतका सेवा उपलब्ध छन् ।

लजका कोठा र चिडिया खानाका वन्यजन्तुको बीचमा पारदर्शी सिसा राखिएको हुन्छ । जहाँ ग्राहकले मज्जाले नजिकै वन्जयन्तुहरुलाई अवलोकन गर्दै खाना खान, नुहाउन तथा सुत्न सक्छन् ।

24AEBF4700000578-2909394-Only_metres_from_the_edge_of_Lake_Burley_Griffin_the_indoor_and_-m-1_1421226097707

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment