Comments Add Comment

स्वास्थ्यचौकी बनाउन एक दम्पतीद्वारा १५ लाखको जग्गादान

२ माघ, बागलुङ । बागलुङको दगातुनडाँडाका एक दम्पतीले स्वास्थचौकीका लागि १५ लाख रूपैयाँ मूल्य बराबरको जग्गादान गरेका छन् ।

बागलुङको दगातुन्डाँडा– ४ का ढालबहादुर खत्री तथा सुमित्रा खत्रीले स्वास्थ्यचौकी भवन निर्माणका लागि भन्दै दगातुन्डाँडा उपस्वास्थ्यचौकीलाई उक्त जग्गा दान गरेका हुन् ।

खत्री दम्पतीले चार रोपनी जग्गा स्वास्थ्यचौकीका लागि प्रदान गरेपछि उपस्वास्थ्य चौकीको स्तरोन्नतिका लागि सजिलो भएको अहेव निरञ्जन यादवले जानकारी दिए ।

जग्गाकै अभावमा उपस्वास्थ्यचौकी स्वास्थ्यचौकीमा स्तरोन्नति हुन नसकेको र भवन नबनेकाले स्थानीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको भन्दै सो जग्गा प्रदान गर्ने निर्णय गरेको जग्गादाता खत्रीले बताए ।

दगातुनडाँडामा स्वास्थ्यचौकी भवन अभावमा स्थानीयले वर्थिङ सेन्टर चलाउन बाध्य छन् । गत वर्ष नै स्तरोन्नति हुने भनिएको उपस्वास्थ्यचौकी जग्गा अभावमै भएको थिएन भने वर्थिङ सेन्टर समेत स्थानीयले चलाएका छन् । बागलुङ जिल्लाको मध्यपश्चिममा पर्ने दगातुन्डाँडा गाविसको माथिल्लो भेगमा पर्ने सो स्वास्थ्यचौकीको स्तरोन्नति तथा आवश्यक जनशक्ति नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment