+
+

तीन सय ६० जनालाई मुक्तिनाथले दियो साक्षरता तालिम

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २ गते ११:१९

muktinath bikas bank२ माघ काठमाडौं । मुक्तिनाथ विकास बैंकले शाखा कार्यालयहरु काँहुखोला, हेमजा र नयाँपुलको आयोजनामा गरेको वित्तीय साक्षरता कार्यक्रममा ३ सय ६० जनाले तालिम लिएका छन । कास्की कालिका गाविस ६, लाहाचोकमो वित्तीय साक्षरता सम्बन्धी तीनवटा कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

वित्तीय कारोबार बारे जनचेतना जगाउनेे, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

वित्तीय संस्थाका ग्राहकहरुको कर्तब्य र अधिकार तथा व्यवसाय परियोजनाको आम्दानी र खर्चको लेखाजोखालाई पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको तालिम दिइएको लघुवित्त विभाग प्रमुख गोविन्दबहादुर राउतले बताए ।

कार्यक्रमको सहजीकरण मुक्तिनाथ विकास बैंकका लघुवित्त विभागीय प्रमुख गोविन्दबहादुर राउतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?