Comments Add Comment

पुलिसले जित्यो पोखरा कपको उपाधि

police vs 3 star३ माघ, काठमाडौं । थ्रीस्टारलाई सडन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरा कप फुटबलको उपाधि उचालेको छ । शनिबार भएको फाइनल भिडन्तमा पुलिसले थ्रीस्टारलाई सडन डेथमा ४-३ ले पराजित गर्‍यो ।

स्थानीय पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारले दोस्रो हाफको सुरुमा नै विक्रम लामाको गोलबाट अग्रता लिएको थियो । तर, अन्तिम छ मिनेट जोगाउन सकेन ।

८४ औं मिनेटमा भोला शिलवालले पुलिसका लागि बराबरी गोल फर्काए । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै तर्फबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

टाइब्रेकरमा ३-३ भएपछि सडन थेडमा पुलिका अजित भण्डारीले गोल गरे । थ्रीस्टारका गोलरक्षक किरण चेम्जोङ आफैं प्रहार गर्न गए । तर, उनको प्रहार पुलिसका गोलरक्षक रितेश थापाले रोक्दै पुलिसलाई उपाधि दिलाए । पुलिसले उपाधिसँगै ३ लाख ५५ हजार हात पारेको छ भने थ्रीस्टारले २ लाखमा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment