Comments Add Comment

कोरियाको नेपाल हाउसलाई तीन करोड वन बढी आर्थिक सहयोग  

koreaमीनप्रकाश उप्रेती

सउल । गैरआवासीय नेपाली सङ्घ कोरियाले स्थापना गरेको नेपाल हाउसलाई आर्थिक सहयोग गर्नेहरुको लर्को लागेको छ ।   नेपाल हाउस व्यवस्थापन समितिले हाउसलाई  दिगो र स्थायित्वका लागि आर्थिक सहयोग गर्न आव्हान गरेको दुईसाता नहुदै सहयोग गर्नेहरुको ताँती लागेको हो ।

हाउस ब्यवस्थापनकालागि दश करोड वनको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएसँगै ब्यपारी, बुद्धिजीवी  लगायत सर्वसाधरणसमेत सहयोगका लागि आतुर देखिएका हुन । हालसम्म तीन करोड वन भन्दा बढी आर्थिक सहयोग जुटिसकेको एनआरएन कोरियाका अध्यक्ष विनोद कुवँरले बताए ।

कस्तो छ त  नेपाल हाउसको लक्ष्य ?

हाल संचालन हुँदै आएको हाउसलाई परिमार्जित गरी दुईसयजना सम्म अट्न सक्ने सभा हलको व्यवस्था गर्ने, आपतविपत  र  बेरोजगारहरुलाई  बासस्थानको व्यवस्था गर्ने, एकैचोटि कम्तीमा दुईवटा सङ्घ संस्थाहरूले बैठक गर्न सक्ने बैठक स्थलको निर्माण गर्ने, हल भित्र विभिन्न डकुमेन्ट्रीहरु प्रर्दशन गर्न सकिने गरी स्थायी प्रोजेक्टरको व्यवस्था गर्ने रहेका छन् ।

यसैगरि उत्कृष्ट साउण्ड सिष्टमको जडान, नेपाल झल्कने  विभिन्न सामाग्रीहरूको सजावट र डिजाईन र स्थाई कर्मचारीको व्यवस्था गर्ने रहेका छन् ।

के छ चन्दादाताहरुको हकमा
?

पाँचलाख वन वा सो भन्दा बढी आर्थिक सहयोग गर्ने संस्थाहरूको लागि बैठक पुस्तिका वा अफिसियल सामाग्री राख्न मिल्ने रयाक निर्माण गरिने, दशलाख वनदेखि २० लाख वन सम्म आर्थिक सहयोग गर्ने संस्थाहरूको लागि बैठक पुस्तिका वा अफिसियल सामाग्री राख्न मिल्ने रयाक सहित ताम्रा पत्रबाट सम्मान गरिने रहेको छ ।

उता  चन्दा दाताहरुले प्रदान गरेको सहयोग रकमलाई न्यूनतम १ लाख वन भन्दा माथि भएमा  हाउस भित्र सबैको क्रमबद्द रूपमा छुट्टाछुट्टै  शिलालेख राखिने जानईएको छ ।

यसैगरी सहयोग रकमको आधारमा २० लाख वनदेखि करोडौ वनसम्म आर्थिक सहयोग गर्ने चन्दा दाताहरुको हकमा हाउस भित्र रकम अनुसारको साईजमा  बोर्ड निर्माण गरिने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment