Comments Add Comment

नवलपरासी र राैतहटमा सवारी दुर्घटनामा दुर्इ जनाको मृत्यु

४ माघ, नवलपरासी । नवलपरासीको दुम्किबास ५ ज्यामिरेमा शनिवार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासले दिएका जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ आउंदै गरेको पराल बोकेको ना २ ख ५७३३ नम्बरको ट्रकलाई सोही दिशाबाट आइरहेको ना ३ ख ५५०७ नम्बरको ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी कावासोती ८ निवासी पराल बोकेको ट्रकका सहचालक करिब २२ बर्षका अर्जुन विकको घटनास्थलमै मृत्यु भएको हो । सोही ट्रक चालक कावासोती ८ निवासी ३३ बर्षीय दीपक सुनार गम्भीर घाइते भएका छन् ।

त्यस्तै अर्को ट्रकका सूर्य सुनार र सागर विक पनि घाइते भएका छन् । घाइते सबैको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै, रौतहटमा शनिवारराति पूर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहटको धन्सर पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको ज ३ प २९० नम्वरको मोटरसाइकल दुर्घटना हुँदा महोत्तरी माइस्थान गाविस ३ का २७ बर्षीय नरबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजमार्गमा कुनै सवारी साधनले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीको आशंका छ । दुर्घटनाबारेमा आवश्यक अनुसन्धान भइहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरीलाई उद्धृत गर्दै पत्रकार गौतम श्रेष्ठले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment