Comments Add Comment

प्रश्नावली बनाउन विशेष समिति

BICC-Nepal४ माघ, काठमाडौ । माघको समयावधि नजिकिँदै गर्दा संविधानसभाले तीब्र गतिका काम अघि बढाएको छ । विदाका दिनहरुमा पनि लगातार वैठक बसेको संविधानसभाले आइतवार प्रश्नावली बनाउन विशेष समिति बनाउँदै छ । राजनीतिक संवाद समितिले छैठौं पटकसम्म पनि विवादित विषयमा सहमति जुटाउन नसकेपछि संविधानसभाले नै प्रश्नावली बनाउनका लागि विशेष समिति बनाउन लागेको छ ।

संविधानसभाका प्रमुख दलहरुबाट प्रतिनिधित्व हुने गरी विशेष समिति बनाउँन लागिएको हो । संवाद समितिले बुझाएको असहमतिका प्रतिवेदनमाथि संविधानसभामा धारणा राख्ने क्रम जारी छ । आइतवार विहानदेखि पुनः जारी रहने संविधानसभाको बैठकमा नाम टिपाएका सभासद्हरुले धारणा राख्ने क्रम सकिएपछि प्रश्नावली तयार पार्नका लागि विशेष समिति बनाइने छ ।

धेरै सभासद्हरुले धारणा राख्न नाम टिपाएपछि सभासद्हरुले धारणा राखेर मात्रै माघ ८ गुजारिने भएकाले सभामुख सुभाष नेम्वाङ्ले विदाका दिनहरुमा पनि बैठक निरन्तर डाकेका छन् । आइतवार संवाद समितिको प्रतिवेदनमाथिको छलफल सक्ने गरी संविधानसभाको वैठक विहानदेखि नै बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद संवाद समितिका सभापति तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईले पेश गर्नुपर्ने प्रतिवेदन सूर्यबहादुर थापाले टेवल गरेपछि विपक्षी दलहरु अझ बढी असन्तुष्ट छन् ।

तीब्र असन्तुष्टी जनाएको एमाओवादी संविधानसभा नै बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग मोर्चाबन्दी गरी सडक संघर्षमा उत्रिएको छ । संविधानसभामा घनिभूत छलफल गर्ने बेलामा एमाओवादी बन्द, हड्तालका कार्यक्रम लिएर संविधानसभामा १९ दलललाई साथ लिएर सडकमा होमिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment