+
+
Shares

३२ लाख मूल्य बराबरको एक ट्रक कपडा बरामद

४ माघ, रुपन्देही । भारतीय भन्सार कार्यालय सुनौलीले नेपाल भित्राईंदै गरेको एक ट्रक अवैध कपडा सहित दुई जना नेपालीलाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १७:५५

Kapada-Baramd-Sunauli

  • ट्रकबाट बरामद कपडा भन्सार कार्यालयमा

सलमान खान
४ माघ, रुपन्देही । भारतीय भन्सार कार्यालय सुनौलीले नेपाल भित्राईंदै गरेको एक ट्रक अवैध कपडा सहित दुई जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ना २ ख ५०२० नम्बरको ट्रक चालक पर्सा पथलैया-६ का रितेश महतो चौधरी र सोही ट्रकका हेल्पर छन् ।

वीरगंजका गोपालप्रसाद कान्दुको सो ट्रकबाट ३२ लाख मूल्य बराबरको कपडा बरामद भएको भारतीय भन्सार कार्यालय सुनौलीका प्रमुख विरेन्द्र चौधरी अनलाइनखबरलाई बताए ।

झट्ट हेर्दा ट्रक खालि देखिए पनि भित्री ट्रलिभित्र खापा बनाएर कपडा लुकाइएको थियो । प्रहरीले स्क्रु खोलेर खापा उप्काइ कपडाका थान बाहिर निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?