+
+

मलेसियामा माघे सक्रान्ति मनाईयो (फोटो फिचरसहित)

क्वालालम्पुर । प्रवासी मगर संघ मलेसियाको आयोजनामा आईतवार विदाको दिन पारेर क्वालालम्पुरमा माघे सक्रान्ति पर्व मनाईएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १९:३७

malasea-1रामचन्द्र नेपाल

क्वालालम्पुर । प्रवासी मगर संघ मलेसियाको आयोजनामा आईतवार विदाको दिन पारेर क्वालालम्पुरमा माघे सक्रान्ति पर्व मनाईएको छ ।

मलेसियाको विभिन्न क्षेत्रमा कार्यरत मगर समुदायहरुको वाक्लो उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरवहादुर पौडेल र विशेष अतिथि चलचित्र निर्देशक सागर सुव्वा थिए ।
malasea-2कार्यक्रममा एनआरएन अध्यक्ष पौडेल, निर्देशक सुव्वा, आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले, तामाङ एकता समाज मलेसियाका उपाध्यक्ष प्रेम तामाङ, तमु समाज मलेसियाका बलवहादुर गुरुङ, किराात याक्थुम चुम्लुङका अध्यक्ष मोहन थेवे, विश्व साहित्य महासंघ मलेसियाका जीवन देवान गाउाले, किराात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका संरक्षक दिलकुमार केरुङ,मेची-महाकाली युवा समूहका वलराम भट्ट, पत्रकारद्वय देवेद्र खापुङ, नेत्र विमली लगायतले माघे सक्रान्तिबारे प्रकाश पारेका थिए ।

सोहि कार्यक्रममा मगर संघलाई योगदान पुरयाउदै आएकी चेलीहरु सरस्वती राना, सुनिता थापा, प्रतिक्षा राई, शर्मिला राई, सलिना लामा, सिर्जना मगर, साङ डोल्मा शेर्पा र रीना शेर्पालाई सम्मान गरिएको थियो ।

malasea-4यसैगरी मगर संघको कार्यसमितिमा रहदै संस्थालाई योगदान पुर्याउदै आएका र केही दिन भित्रमा आफनो रोजगारीको अवसर सकेर नेपाल फर्किन लागेका संस्थाका सचिव पुरन रानामगर र सदस्य टेकवहादुर घर्तीलाई समेत विदाई गरिएको थियो ।

सुवर्ण थापा मगरको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका महासचिव राम अस्लामी मगरले गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई सेलरोटी, अचार,तरुल, सखरखण्ड लगायतका खानेकुरा खुवाईएको थियो ।

malasea-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?