+
+

आज संविधानको विवाद टुंगो लाग्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ५ गते १४:११

५ माघ, काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपालले संविधान निर्माणको विवाद आज टुंगो लाग्ने बताएका छन् । पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा नेता नेपालले दलहरुबीच केही न केही सहमति हुने बताए ।

madhav-nepal-finalप्रज्ञाभवन कमलादीमा आयोजित प्रशिक्षणमा नेपालले भने-‘आज विषयबस्तुमा सहमति, प्रक्रियामा सहमति वा सहमति विना प्रक्रियामा जानेबारे टुंगो लाग्छ, आज केही न केही सहमति हुन्छ ।’

संविधान निर्माण प्रक्रियाबारे अगुवा कार्यकर्ताहरुलाई जानकारी दिन एमालेले बृहत कार्यकर्ता भेला आयोजना गरेको हो । भेलामा सहभागीहरुलाई नेता नेपालसहित उपाध्यक्ष विद्या भण्डारी, सचिव प्रदीप ज्ञवाली लगायत नेताहरुले समसामयीक राजनीतिक परिस्थितिबारे जानकारी गराउने छन् ।

अध्यक्ष केपी ओली भने केही ढिला कार्यक्रममा पुगेका छन् ।  प्रमुख दलहरुको बैठकमा व्यस्त हुनुपरेकाले उनी अरू नेताहरू भन्दा ढिलो कार्यक्रममा गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?