+
+

राजनीतिक सहमतिको आशामा ३० अंकले बढ्यो नेप्से

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ५ गते १७:२२

Nepse-magh5५ माघ काठमाडौं । संविधान निर्माणका विवादित विषयमा राजनीतिक दलहरुबीच सहमति भएको भन्ने समाचारले सेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन । सोमबार ३०.०९ अंकले बढेर नेप्से परिसूचक ९ सय ७५.४५ अंकमा पुगेको छ ।

६ महिनादेखि नेप्सेमा नेप्सेमा एकैदिन यति ठूलो अंकको वृद्धि भएको थिएन ।

राजनीतिक सहमतिका सकरात्मक समाचार आउँदा लगानीकर्तामा उत्साह देखिएको सेयरविश्लेषक रविन्द्र भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । लगानीकर्तालार्इ संयम पार्न नेप्सेले सर्किट ब्रेक लगाउनु पर्यो । नेप्सेमा उच्च अंकको उत्तारचढाब हुँदा सर्किट ब्रेक लगाइन्छ ।

‘यसअघि अलिअलि असहमति हुँदाहुँदै पनि नेप्से अलिअलि बढिरहेको छ । यसले लगानीकताहर्रु सहमति हुन्छ र संविधान बन्छ भन्नेमा विश्वस्त भएको देखाउँछ’ उनले भने- आजको कारोबार बन्द भएपछि सहमति भाँडिएको समाचार बाहिर आएको छ, यसले अवश्य भोली सेयर बजारमा असर पार्नेछ ।’

सोमबारको कारोबारमा वाणिज्य बैंक समुहको सूचक ३६.८९ अंकले बढेको छ । यो समुहको मात्रै ५९ करोड ३५ लाख रुपैयाँको कारोबार भयो ।
त्यसैगरी होटल समुहको सूचक ४९.६६ अंकले, विकास बैंक समुहको १५.१३ अंकले, जलविद्युत समुहको ७७.८९ अंकले, वित्त कम्पनी समुहको ८.३७ अंकले, बीमा समुहको ४४.२६ अंकले, उत्पादनमूलक समुहको १०.७ अंकले, अन्य समुहको १४.०९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन १ सय ५२ कम्पनीका १५ लाख ९४ हजार कित्ता सेयर ८६ करोड ३२ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । यो दिन सबै समुहका सूचक दोहोरो अंकले बढेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?