+
+

सुर्खेतमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १६:४८

७ जेठ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

वीरेन्द्रनगर–७ कटकुवा नजिकै सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–६ बर्दियाका ७० वर्षीय शेरबहादुर खड्का र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको बसमा सवार २१ जना घाइते भएका छन् । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?