+
+

तटस्थ बसेर प्रधानमन्त्रीको उम्मेदवार नै ठिक छैन भनेको होः सांसद सुवाल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १६:३७

७ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभामा भइरहेको गतिविधिहरु पुँजीवादी पार्टीहरुको सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘पुँजीवादी पार्टीहरुको सत्ताको भागबन्डाको झगडा हो । देश र जनताको लागि होइन । पुष्पकमल दाहालले पहिलोचोटी विश्वासको मत दिदाँ एमाले, कांग्रेस सबै मिलेर दिएकै हो । अहिले के विषयमा झगडा भयो ।’

विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले विश्वासको मत दिएका भन्दै अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएको बताए । उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षी बसेको जस्तो हुने भएकाले मत नै नदिएको बताए ।

उनले भने, ‘भोलि कुन दिन मिल्छ ? त्यसैले हामी हिजो पनि म त दिन्न । आज पनि मत दिन्न । भर नै छैन पुँजीवादी पार्टीहरुको । हुन्न र हुन्छमा गएपछि त साक्षी बसेको जस्तो हुन्छ । दिन्न भनेपछि तिमीहरु दुवै ठिक छैनौँ । उम्मेदवार नै ठिक छैन भनेको हो त्यो । प्रमुख विपक्षीले आवाज उठाइरहँदा संसदको कारबाही रोकेर जानु राम्रो हो ‘

उनले दुवै पक्ष ठिक नभएकाले आफू तटस्थ बसेको बताए । उनले प्रमुख प्रतिपक्ष दलले नाराबाजी गर्दा संसदको कारबाही रोक्नु राम्रो हुने धारणा राखे ।

‘ पहिला पनि यस्तो धेरै भइसकेको भन्ने नजिर भएको हुनाले नेपालमा संसदीय व्यवस्था पुँजीवादी व्यवस्था नै हो । खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेजस्तो भइरहेको लाग्यो । यसले देश र जनताको लागि हित गर्दैन ।’ उनले भने ।

सांसद सुवालले विश्वासको मतको पक्षमा मतदान गर्न पहिले पहिले आफूलाई प्रश्ताव गरिने गरेको भएपनि पछिल्लो समय प्रश्ताव समेत आउन छाडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?