+
+

अपडेट : संविधानसभा बैठक जारी, प्रश्नावली बनाउन समिति बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ५ गते ११:००

५ माघ, काठमाडौं । संविधानसभा बैठक अहिले बसिरहेको छ । दलहरुको सहमति प्रयास असफल भएपछि संविधानसभामा प्रक्रिया सुरु हुने भएको छ ।

सकिएको कार्यव्यवस्था परामर्श समितिको बैठकले विपक्षीको असहमतिका विच विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव निर्माण समिति गठनको निर्णय गरेको छ । यो समिति ७३ सदस्यीय हुनेछ ।

तर, थरूहट तरार्इ पार्टीका सभासद गोपाल दहितका अनुसार १९ दलले भने २/४ दिन अझै सहमतिको प्रयास गर्न सभाध्यक्षलाई सुझाव दिइएको छ । अर्का सभासद रामकुमार खम्बुका अनुसार सभाध्यक्षले प्रश्नावली समिति बनाउन प्रस्ताव राष्ट्रम घेर्ने बताए ।

केहीबेरमा बस्ने संविधानसभाको बैठकमा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले जवाफ दिनेछन् ।

लगतै सभाध्यक्षले संविधानसभा निमायवलीको ९१ अनुसार समिति गठनको प्रस्ताव पेश गर्नेछन् । तर, माओवादीसहितको १९ दल संविधानका विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव निर्माण समिति गठनमा नबस्ने भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?