Comments Add Comment

ओबामाले ल्याए गरिबलाई राहत दिने प्रस्ताव

७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले धनीहरुलाई बढि कर लगाउने र त्यसैबाट गरिबहरुलाई राहत दिने प्रस्ताव राखेका छन् । अमेरिकी संसदमा सम्वोधन गर्दै उनले धनि र गरिबहरुबीचको आर्थिक असमानता हटाउन यस्तो प्रस्ताव राखेका हुन् ।

obama‘अमेरिकी जनताको आर्थिक संकट हटाउने र आतंकवाद अन्त्य गर्ने समय आएको छ,’ संसदमा सम्वोधन गर्दै ओबामाले भने-‘बढि शारिरीक परिश्रम गर्नेहरुलाई विकासको अवसर दिने अर्थव्यवस्था चाहिएको छ ।

उनले अमेरिकाको हालको अर्थव्यवस्थाबाट सिमित व्यक्तिहरुले बढि फाइदा पुगिरहेकोले धनि र गरिबबीचको खाडल गहिरिएको टिप्पणी गरे ।

श्रमिकको ज्याला र विदा बढाउन प्रस्ताव

ओबामाले मध्यमवर्गीय जनतालाई ज्यालाका साथै छुट्टीमा सहुलियत दिने घोषणा गरे । देशका श्रमिक वर्गका लागि अभिभावकको लागि ६ साता अतिरिक्त विदा लिन पाउने व्यवस्था गर्ने ओबामाले बताए । यसको लागि अमेरिकी सरकारलाई दुई अर्ब डलर अतिरिक्त खर्च उठाउनु पर्ने छ ।

निःशुल्क शिक्षा

उनले छात्राहरुलाई सामुदायिक र प्राविधिक कलेजहरुमा दुई बर्षसम्म निःशुल्क शिक्षा दिने घोषणा पनि गरेका छन् । यसो गर्दा अमेरिकी सरकारलाई ६० अर्ब डलर व्यय भार पर्ने अनुमान गरिएको छ ।

ओबामाले यूरोपियन यूनियन र एशियाली देशहरुसँग कारोबारको सम्वन्ध बढाउन जोड दिएका छन् । यसको लागि फास्ट ट्राक प्रमोशन अथोरिटी गठनको व्यवस्था गर्न ओबामाले प्रस्ताव गरेका छन् ।

यसैगरी ईस्लामिक स्टेट (आईएस) लडाकू आतंकवाद नियन्त्रणमा चुनौतिको रुपमा आएको भन्दै ओबामाले यसविरुद्ध विशेष एकताको आवश्यकता औंल्याएका छन् ।

प्रस्ताव पारित हुनेमा शंका

ओबामाले राखेका प्रस्ताव अमेरिकी संसदबाट पारित हुनेमा शंका व्यक्त गरिएको छ । संसदमा रिपब्लीकन पार्टीको बहुमत भएकोले पारित हुनेमा शंका रहेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रपतिको निर्वाचन आइरहेको बेला लोकप्रियता कमाउन ओबामाले खर्चिलो प्रस्ताव ल्याएको भन्दै विपक्षी रिपब्लीकनले विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment