Comments Add Comment

संबिधान बनाउने बेला गीतमार्फत् सीमाना जोगाउने सन्देश

gyani khadkaकाठमाडौं। संविधान निर्माणका विषयमा प्रमुख राजनीतिक दलहरु दुई कित्तामा उभिएको बेला एक जना गायकले गीत मार्फत देश जोगाउन भन्दै खबरदारी गरेका छन् ।

ज्ञानीकुमार खड्काको स्वर, शब्द र संगीत रहेको खबरदार…बोलको गीत अहिले आम स्रोताको विचमा चर्चाको विषय बनिरहेको छ । मनोरञ्जन कम सन्देश बढी भएको उक्त गीतमा गायकले सिमाना जोगाउन खुकुरी बोक्नुपर्ने कुरा गरेका छन् ।

खबरदार ….खुकुरी झिक्नु नपरोस्
जोगाउन देशको सिमाना
पुर्खाले खेदाए साम्राज्यवाद
बिस्तारवादको अब पालो …

गीत सुन्दा लाग्छ पछिल्लो समय कतिपय ठाउँमा नेपालको सिमाना मिचिएको र जंगे पिल्लर हराएको विषयमा गायक बढी नै चिन्तित रहेछन् । मेचीलाई छुन नखोज चाँदनी दोधारा हाम्रो हो भन्दै गायक खड्काले नालापानी युद्धमा नेपाली पूर्खाले गरेको योगदान पनि संस्मरण गरेका छन् ।

राष्ट्रियताका सन्दर्भ समेटिएका गीत सुनेर मनोरञ्जन लिने स्रोताको लागि ‘खबरदार’ बोलको भिडियो आफैंमा रोचक हुन सक्छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment