९ माघ, काठमाडौं । साउदी अरबका राजा अब्दुल्लाहा विन अब्दुल्लाजिज को ९२ बर्षको उमेरमा निधन भएको छ ।
अब्दुल्लाहाको निधन पछि ७९ वर्षीय सल्मान अब्दुल्लाजिजलाई साउदी अरबको नयाँ राजा घोषणा गरिएको छ ।
निमोनियाबाट पीडित अब्दुल्लाहाको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
सन् २००५ मा सत्तामा आएका अब्दुल्लाहालाई सुधारवादी राजाको रुपमा लिइन्छ । उनले महिलाहरुलाई मतदानको अधिकार दिलाएका थिए ।
साउदी अरबको राजाको निधनमा अमेरिकी राष्ट्रपति बाराका ओबामा लगायतका विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरुले समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4