Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

शुक्रबार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले अपार्टमेन्ट दर्ता र निर्माण ठप्प, निकासीमा ईयूको सुविधा प्रभावहिन, राजनीतिक संक्रमणले पूँजी पलायनका खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा अपार्टमेन्ट दर्ता र निर्माण ठप्प, अब ट्याक्सीमा ‘क्याब’ प्रणाली, ठगीका अनेक रुप, धमाधम बन्द हुँदै ठूला उद्योग, आर्थिक र राजनीतिक अनिश्चितता अन्त्य गर्न परिसंघको आग्रह, मकाउको आर्थिक भूमिका विश्वकै उत्कृष्ट, नेप्से ३ अंकले घट्यो लगायतका खबर छन् ।

अभियान दैनिकमा निकासीमा ईयूको सुविधा प्रभावहिन, वनपैदावारको बिमा नहुँदा वन उद्योगमा लगानी आएन, नलसिङगाड जलविद्युत आयोजनाको जग्गा अधिग्रहण सुरु, भारतमा ९ प्रतिशत आर्थिक वृद्धिको सम्भावना लगायतका खबर छन् ।

आर्थिक दैनिकमा भ्रष्टाचार गरेको साबिती बयान दिएका प्रदीपजंग पाण्डेले बयान फेर्ने प्रयास गेको खुलासा, बेष्टिनेटको बैधानिकतामाथि मलेसियामै प्रश्न उठ्यो, युरोपेली कुटनीतिज्ञसँग सरकार आक्रोशित, बैंक अफ काठमाण्डू र इन्टरनेशनल लिजिङको ‘मर्जर’ प्रक्रिया टुट्यो, कुखुराको मासुमा प्रतिकिलो ३० रुपैयाँले वृद्धि लगायतका खबर छन् ।

नागरिक दैनिकमा दुई आयोजनामा खिचातानी, महिनामा लाख लिटर विदेशी रक्सी, उत्कृष्ट दशमा पोखराको चार होटल, कतारका कामदारले तलब पाएनन् नेप्से तीन अंक झर्यो लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा राजनीतिक संक्रमणले पुँजी पलायन, फागुनदेखि औद्योगिक प्रदर्शनी, पर्यटन बोर्ड पुनसंरचना समितिको प्रतिवेदन नौ महिनामा पनि बुझाइएन, पुसमा ४५ हजार बिदेसिए, होर्डिङ बोर्ड हटाउन महानगरको ताकेता लगायतका खबर छन् ।

eco-1

eco2

eco-3

eco-4

eco-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment