Comments Add Comment

यिनलकलाई ५ बर्षसम्म प्रधानमन्त्री बन्न रोक

yingluck_shinawatra,reuters

१० माघ, काठमाडौं । थाईल्याण्डकी पूर्व प्रधानमन्त्री यिनलक सिनावात्रालाई आगामी पाँच बर्षसम्म प्रधानमन्त्री बन्न नपाउने गरी सरकारले बन्देज लगाएको छ । यिनलक परिवारका सदस्यहरुलाई पनि राजनीतिमा प्रतिबन्ध लगाउने सरकारले घोषणा गरेको छ ।

सरकारी अनुदानको चामल वितरणको क्रममा भ्रष्टाचार गरेको भन्दै सैनिक सरकारले यिनलक विरुद्ध कडा कदम उठाएको हो । यो अभियोगमा पूर्वप्रधानमन्त्री सिनावात्रालाई १० बर्ष जेल सजाय समेत हुनसक्ने बताइएको छ ।

सन् २०१४ मा यिनलक सिनावात्राबाट सेनाले सत्ता हातमा लिएको थियो । यिनलक अघि उहाँको दाजु थाक्सिन सिनावात्रा थाईल्याण्डको प्रधानमन्त्री थिए ।

यिनलक र पूर्वप्रधानमन्त्री तथा व्यापारी थाक्सिन निम्न वर्गीय समुदायमा निकै लोकप्रिय छन् । तर, मध्यमवर्गीय जनता भने चिढिएका छन् । सिनावात्रा परिवारलाई सत्ताको दुरुपयोग गरेको र आर्थिक अनियमितता गरेको आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment