Comments Add Comment

पूर्वी युक्रेनमा हिंसा बढ्यो, रकेट आक्रमणमा १५ को मृत्यु

डोनेट्स्क । पूर्वी युक्रेनको डोनेट्स्कमा हिंसात्मक क्रियाकलाप जारी रहेका बेला शनिबार भएको रकेट आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको छ ।

पूर्वी युक्रेनमा करिब नौ महिनादेखि रसियाली भाषी विद्रोहीहरुले आक्रमण जारी राखेका छन् । उनीहरुले आफुहरु रसियामा विलय हुन पाउनुपर्ने माग गर्दै विद्रोह जारी राखेका हुन् ।

रसियाली विद्रोहीको कब्जामा रहेको क्षेत्रमा शनिबार एक रकेट प्रहार भएको थियो । रकेटले लागेर १५ जनाको ज्यान गएको छ भने ४६ जना घाइते भएका छन् ।

विद्रोहीहरुले सो क्षेत्रमा बढीभन्दा बढी क्षेत्र कब्जा गर्न खोजिरहेका छन् । उनीहरुले सो क्षेत्रमा पटक पटक हमला गर्ने गरेका छन् ।

शनिबार बिहान भएको सो हमलाका कारण व्यस्त बजारमा रहेका धेरै नागरिक प्रभावित भएका थिए । त्यहाँ ठूलो जनधनको क्षति भएको र यसको पूर्ण विवरण नआइसकेको बताइएको छ ।

कयौँ घरमा आगोको मुस्लो देखिएको थियो भने सडकमा रहेका सवारी साधनमा पनि क्षति पुगेको थियो । सडकका दर्जनौँ कार जलेका छन् ।

जसका कारण नागरिकमा ठूलो त्रास छाएको थियो । विजुली आपूर्तिमा पनि ठूलो क्षति पुगेको छ । उक्त क्षेत्र मारिपोल नगरपालिकामा पर्दछ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment