Comments Add Comment

मोर्निङ वाकमा निस्किएका श्रेष्ठको भ्यानको ठक्करबाट मृत्यु

१२ माघ, घोराही । दाङको घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही नगरपालिका ११ कपासीबगियामा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराही आउँदै गरेको बा ९ च ५५०२ नम्बरको भ्यानले ठक्कर दिँदा घोराही निवासी माधवप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।

सोमबार बिहान श्रीमतीसँगै मर्निङ वाकमा निस्कीएका श्रेष्ठलाई भ्यानले ठक्कर दिएको थियो । उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा उनको बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । सपना इन्टरप्राईजेजका प्रोप्राईटर रहेका श्रेष्ठ जिल्लाको प्रतिष्ठित व्यापारी मानिन्छन् ।

भ्यानले बाटोमा आएको बिरालोलाई बचाउने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको चालकले बताएका छन् । चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले आफ्ना साधारण सदस्य श्रेष्ठको निधन प्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ । श्रेष्ठको निधनको शोकमा कार्यालय दुई घण्टा बन्द गरिएको छ ।

ट्क्याटर दुर्घटना : एकको मृत्यु, एक घाईते

यसैगरी रुकुम सदरमुकाम खलंगाबाट सोलावाङ तर्फ जाँदै गरेको लु २ त ५२५३  नम्वरको ट्याक्टर सोमबार विहान दुर्घटना हुँदा मुसिकोट नगरपालिका ३ का ३५ वर्षीय एकबहादुर केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते सोही स्थानका तुलबहादुर ओलीको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेकोे छ ।

मुसिकोट नगरपालिका स्थित वडा नम्बर २ र ३ को सिमानामा पर्ने कुलबाच खोलामा ट्याक्टर खसेको छ । ट्याक्टर चालक भने फरार छन् ।

एम्बुलेन्सको ठक्करबाट मृत्यु

एम्बुलेन्सले किचेर मोरङको लेटाङमा एकको मृत्यु भएको छ । आइतबार बेलुका को १ च ७३७९ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा मोरङको लेटाङ भोगटेनी-२ बस्ने इन्ऽ रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कोसी अञ्चल अस्पताल विराटनगरमा बिरामीलाई पुर्‍याई फर्कने क्रममा एम्बुलेन्स ब्याक गर्दा गम्भीर घाइते भएका रसाइलीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
एम्बुलेन्ससहित चालक रङ्गेली-५ का ३८ वर्षीय दुलाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासीको तम्सरिया ५ फूलबारी चोकमा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौंका लागि छुटेको ना ४ ख ६४९७ नम्बरको बसको ठक्करबाट स्थानीय २९ वर्षीय हरिबहादुर थारुको मृत्यु भएको हो । घटनाको विरोधमा स्थानीयले फूलबारीमा गरेको चक्काजाम राति १२ बजेपछि खुलेको छ ।

ठक्कर दिने बसलाई गैंडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment