१२ माघ, काठमाडौं । नेपाली क्रिकेटर प्रदीप ऐरी वैवाहिक बन्धनमा बाँधिएर अर्को इनिङ सुरु गरेका छन् ।
ऐरीलाई काँडाघारीकी ज्योती खड्काले बोल्ड गरेकी हुन् । झण्डै ७ वर्ष लामो प्रेमपछि प्रदीप र ज्योती बैबाहिक बन्धनमा बाँधिएका हुन् । विवाह समारोहमा पृथु बास्कोटा, परेश लोहनी लगायतका क्रिकेटर सहभागी थिए ।
उनी दुलही लिएर महेन्द्रनगरस्थित घर पुगेका छन् । झण्डै ७ वर्ष लामो प्रेमपछि परिवारको सहमतिमा नै विवाह भएको उनले बताए । उनले भने-‘प्लस टु पढ्दा भेट भएको हो ।’
- प्रदीप ऐरी र ज्योती खड्का
विवाहपछि अब करियरलाई अझ राम्ररी अघि बढाउने उनले बताए । प्रदीपका अनुसार ज्योती अहिले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दैछिन् । उनी मिस ग्लोबल २०१३ मा टप टेनमा परेकी थिइन् भने मिस इ-कलेज २०१४ मा उपविजेता बनिन् ।
पाँच वर्षअघि आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरमा उनी नेपाली टोलीमा थिए । अर्जेन्टिनाविरुद्ध डेब्यू गरेका प्रदिपलाई टीममा बीग हिटरका रुपमा चिनिन्छ ।
टी-२० मा उनको ६५ रन सर्वाधिक स्कोर हो । उनी पछिल्लो पटक श्रीलंका भ्रमणमा टोलीमा थिए ।
प्रतिक्रिया 4