+
+
Shares

संघीय समाज युकेले माग्यो नेम्वाङको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १६ गते ११:३७

sanghiya samaj UK-2आसफोर्ड । लण्डनमा क्रियाशील नेपाली संघीय समाज युकेले सभामुख सुवास नेम्बाङको राजीनामा माग गरेकाे छ ।

सभामुख सुवास नेम्बाङको राजीनामा माग्दै उनीहरूले लण्डनस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाइएका हुन् ।गत माघ ११ गते सभामुख नेम्वाङले दलहरूको विरोधकाबीच ‘प्रश्नावली निर्माण बिशेष समिति’ घोषणा गरेको विरोधमा नेपाली संघीय समाज युकेको दुर्इ दर्जन प्रतिनिधिहरुले नेम्बाङको राजीनामाको माग गरेका हुन् ।

sanghiya samaj UKसहमतिबिना अगाडि बढेको कारण सभामुखप्रति अब जनताको विश्वास नरहेको उनीहरूको अारोप छ । काँग्रेस र एमालेले राज्यबाट पछाडि पारिएकालाई अधिकार दिन नचाहेकोमा समाजले खेद ब्यक्त गरेको छ । सहमतिको दस्तावेजको रुपमा संविधान बन्नुपर्ने भएकोले अबिलम्ब सहमतिको बातावरण बनाउन पनि माग गरिएको छ ।

समाजले अघिल्लो संविधानसभाको राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको १४ प्रदेश ब्यवस्था हुनुपर्नेमा जोड दिएको छ ।

कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुअघि महासचिव विश्वासहाँङ खेवाहाँङले उक्त पत्रलाई पढेर सुनाएका थिए भने ज्ञापनपत्रको औचित्यकोबारेमा अध्यक्ष धर्मबहादुर तामाङले धारणा राखेका थिए । राष्ट्रपतिलाई सम्बोधन गरि लेखिएको उक्त ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा पठाउने कार्यबाहक क्षेत्रीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?