चलचित्र ‘झिग्राना’ले ७ जना साथीको एक अनुसन्धानका क्रममा हुने विभिन्न खालका घटनाक्रमलाई बोकेको छ । फागुन २२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ‘प्रतिबिम्ब’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा इमान शाहको संगीत, संयोग शाहीको शब्द तथा स्वर छ ।
चलचित्रलाई हरर बिषयमा निर्माण गरिएको छ । पासाङ लामाको निर्देशनमा तयार भएको चलचित्रमा हन्ना जी, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, अरुण रेग्मी, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ ।
चलचित्रलाई गोल्डेन याक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रमा ७ जना साथी र उनीहरु ‘झिग्राना’ भन्ने गाउँमा अनुसन्धानका लागि जाँदा घटेका विभिन्न खालका घटनालाई सस्पेन्स-थि्रलर शैलीमा देखाइएको छ ।