+
+

नागरिक सेवा समाज यूएईमा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १९ गते ११:१७

nagarik sewa samaj dohaबरदुबई । यूएईको बरदुबईमा बसेको नगारिक सेवा समाज यूएईको भेलाले प्रभाकर पौडेल अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

पुनर्गठित कार्यसमितिको अध्यक्षमा इन्जिनिएर प्रभाकर पौडेल चयन भएका छन् । पुनर्गठित समितिको उपाध्यक्षमा राजु केसी, सचिवमा संजय महत, कोषाध्यक्षमा मोहन सिवाकोटी चयन भए ।  सदस्यहरुमा सचिन श्रेष्ठ, भीम गुराँगाई, बिष्णु भट्टराई, सुशील पोख्रेल, देव श्रेष्ठ  चयन भएका छन् ।

त्यस्तै गरी संरक्षक समितिमा निवर्तमान अध्यक्ष  हिरालाल श्रेष्ठ, सूर्य गिरी, र ईश्वर राईलाई मनोनित गरिएको छ भने सल्लाहकार समितिमा अर्जुन दाहाल, समाजसेवी राम थापा र बालकृष्ण मरासिनीलार्इ चयन गरेको छ ।

समाजका निबर्तमान महासचिब तथा संरक्षक सूर्य गिरीले संचालन गरेको भेलामा संस्थापक अध्यक्ष तथा एनआरएन मध्यपूर्व संयोजक चन्द्र रोकाहाले संस्थाको गतिबिधि र आगामी कार्यक्रमको बारेमा  प्रकाश पारे ।

निर्बतमान अध्यक्ष तथा संरक्षक हिरालाल श्रेष्ठले नबगठित  कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?