+
+

चरालाई आहारा दिएर सुरु भयो पहिलो चरा महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १९ गते १५:१०

१९ माघ,  चितवन । चितवनको सौराहामा आजदेखि पहिलो चरा महोत्सव सुरु भएको छ ।

चराको महत्वबारे जानकारी दिँदै संरक्षणका लागि चरा महोत्सव गरिएको वर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष वासु बिडारीले जानकारी दिए ।

आजदेखि सुरु चरा महोत्सव दुई दिन चल्नेछ । चितवनमा पहिलोपटक चरा महोत्सव गरिएको र यसअघि कोसी टप्पुमा महोत्सव आयोजना गरिँदै आइएको थियो ।

यो वर्षबाट महोत्सव सुरु गरिएको र हरेक वर्ष कार्यक्रम गरिने चरा विज्ञ तथा चरा महोत्सवका संयोजक टीका गिरीले जानकारी दिए । चितवनमा ६२६ प्रजातिका चरा भए पनि वातावरण संरक्षण नहुँदा सीमसारका चरा लोप हुँदै गएको अध्ययनले देखाएको छ ।

उहाँले वातावरण सफा राखे वन वन्यजन्तु र चराको वासस्थान संरक्षण हुने भएकाले संरक्षणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

आज ४४ औँ विश्व सीमसार दिवसको अवसर पारेर सुरु भएको चरा महोत्सवको चितवन निकुञ्ज पूर्वी सेक्टरका प्रमुख चन्द्रशेखर चौधरीले चरालाई आहारा दिएर उदघाटन गरेका थिए ।

महोत्सवअन्तर्गत आज सौराहामा वातावरण संरक्षण र सरसफाइसम्बन्धी अन्तरक्रिया, चित्रकला प्रतियोगिता तथा विद्यार्थीलाई चरा अवलोकन गराइएको छ । मङ्गलबार निकुञ्जभित्र सरसफाइ गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक टीका गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?