+
+

पोखरामा रिसोर्ट बनाउने योजनाबाट पछि हट्यो सांग्रिला

२० माघ, काठमाडौं । सांग्रिला होटलले पोखरामा डिलक्स रिसोर्ट बनाउने आफ्नो योजना स्थगित गरेको छ ।

पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अनिश्चित बन्दै गएपछि कम्पनीले रिसोर्ट निर्माण तत्काल अगाडि नबढाउने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते ११:०१

नविन अर्याल

२० माघ, काठमाडौं । सांग्रिला होटलले पोखरामा डिलक्स रिसोर्ट बनाउने आफ्नो योजना तत्कालका लागि स्थगित गरेको छ ।

पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अनिश्चित बन्दै गएपछि कम्पनीले रिसोर्ट निर्माण तत्काल अगाडि नबढाउने भएको हो ।

sangrilla-kathmandu

सांग्रिलाले ५० करोड रुपैयाँ लगानीमा बेगनास तालमाथिको पचभैया डाँडामा रिसोर्ट निर्माण गर्ने तयारी गरेको थियो ।

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने देखेर रिसोर्टमा लगानी गर्ने योजना बनाएका थियौं’ सांग्रिलाका महाप्रबन्धक प्रशिद्धबहादुर पाण्डेले भने- ‘तर, विमानस्थल निर्माण कार्य अनिश्चित बनेपछि तत्काल काम अगाडि नबढाउने निर्णय गरेका छौं ।’

सांग्रिलाले खर्चालु पर्यटक भित्राउने लक्ष्य राखेर रिसोर्ट खोल्ने तयारी गरेको थियो । यसका लागि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने तर्क पाण्डेको छ । सांग्रिलाको अहिले पोखरामा चारतारे ‘सांग्रिला भिलेज रिसोर्ट’ सञ्चालनमा रहेको छ ।

अहिले पोखरा भ्रमणमा जाने पर्यटकलाई सेवा दिन सञ्चालनमा रहेको होटल नै पर्याप्त रहेको बताउँदै पाण्डेको नयाँ रिसोर्टका लगि छुट्टै पर्यटक भित्राउनुपर्ने बताए । अहिले पोखरा पुग्ने पर्यटकले लक्जरी होटल सञ्चालन गर्न निकै कठिन हुने उनको भनाई छ ।

यसको प्रष्ट उदाहरण पोखराको पाँचतारे फुलवारी रिसोर्ट एन्ड स्पालाई लिन सकिन्छ । पोखरालाई पर्यटकीय गन्तव्यका रुपमा हेरी सञ्चालनमा ल्याएको यो होटल कहिल्लै माथि उठ्न सकेन् ।  पोखरा पुग्ने अधिकांश पर्यटकले यो होटल शुलभ नभएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटकको संख्या बढ्ला, खर्चालु पर्यटकहरु आउलान भनेर नयाँ रिसोर्ट खोल्न लागेका थियौं’ पाण्डेले भने- ‘विमानस्थल निर्माण नभएमा होटलको संख्या थपेरमात्र पर्यटकको संख्या बढाउन सकिदैन ।’

विमानस्थल निर्माण गर्ने निश्चित भएपछि रिसोर्ट बनाउन काम पनि थालिहाल्ने पाण्डेले अनलाइनखबरलाई बताए । तीनवटा होटल तथा रिसोर्टमा लगानी गर्ने योजनामा रहेको सांगि्रलाले पहिलो चरणमा पोखरालाई प्राथमिकतामा राखेको थियो । बेगनासमा पुसको मध्यदेखि नै रिसोर्ट निर्माण सुरु गर्ने तयारीमा सांग्रिला थियो ।

‘अब हाम्रो प्राथमिकता चितवनतर्फ मोडिएको छ, पहिलो चरणमा हामीले पोखरामा रिसोर्ट निर्माण सुरु गर्छौं होला’ पाण्डेले भने । चितवन पर्यटनका लागि ग्रोइङ प्लेस भएको हुँदा त्यहाँ होटल निर्माण गर्ने योजना बनाएको उनले बताए ।

यस्तो थियो तयारी 

सांग्रिलाले बेगनासमा रिसोर्ट सञ्चालन गर्न ४० रोपनी जग्गा लिएको छ । आधा अर्ब लगानीमा ४० वटा विश्वस्तरीय कटेज बनाउने योजना कम्पनीको छ । ‘द लस्ट होराइजन रिसोर्ट’ नामाकरण गरिएको रिसोर्टको डिजाइनको काम समेत पुरा भएको छ ।

सांग्रिलालो बढी भन्दा बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक ल्याउने लक्ष्य राखी रिसोर्ट निर्माण गर्न लागेको हो । जहाँ रात विताउन एका दिनको करबाहे न्यूनतम ३ सय देखि ५ सय अमेरिकी डलर बुझाउनुपर्ने हुन्छ ।

रिसोर्टमा विश्वस्तरीय स्पा, कोठा, अनौठो खोलको हृयांगिङ बार्दली, पौडी पोखरी, लाउन्ज बार सम्मेलन कक्ष निर्माण गरिने छ । सबै कटेमा सौयर बत्ती बालिने छ भने वरिपरिका रुखबिरुवा कुनै पनि काटिने छैन ।

पहिलो चरणमा ४ कटेज बनाउने भएपनि लक्ष्य ७० कटेजसम्म पुर्‍याउने रहेको छ । होटलबाट पोखरा तथा लेखनाथको दृश्य, बेगनास ताल, हिमालहरु, डाँडाकाँडा लगायतका सुन्दर दृश्यहरु अवलोकन गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?