Comments Add Comment

लक्ष्यको ९६ प्रतिशत राजस्व असूली

money२० माघ काठमाडौं । आर्थिक वर्ष २०७१/०७२ पुस मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा करिव १४.७३ प्रतिशतले वृद्धि भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार आव ०७१/०७२ को पुस महिना सम्ममा ७५ अर्व ६३ करोड ५५ लाख २९ हजार राजस्व संकलन गर्ने लक्ष्य भएकोमा यस अवधिमा ७२ अर्व ४१ करोड ४१ लाख ४७ हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ९६ प्रतिशत हो ।

शिर्षकगत रूपमा हेर्दा आयकर ३९ अर्व ३१ करोड, मूल्य अभिवृद्धि कर १८ अर्व ९७ करोड र अन्तःशुल्क १३ अर्व ५० करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ । उक्त रकम निर्धारित लक्ष्यको तुलनामा आयकर तर्फ ९६.६८ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ ९७.७६ प्रतिशत र अन्तशुल्कतर्फ ९०.२३ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्कबापत २६ करोड र स्वास्थ्य सेवा करबापत ३४ करोड रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९२.२२ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ११५.३९ प्रतिशत संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार गत वर्षको तुलनामा आयकरतर्फको वृद्धिदर १४.७९ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फको वृद्धिदर १७.४२ प्रतिशत, अन्तशुल्कतर्फ वृद्धिदर १०.८५ प्रतिशत, स्वास्थ्य सेवा कर तर्फको वृद्धिदर ३३.०४ प्रतिशत र शिक्षा सेवा शुल्क तर्फको वृद्धिदर ३.९२ प्रतिशत हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले राजस्व संकलनलाई उच्च प्राथमिकता दिई माघ महिनासम्मको राजस्व संकलनको लक्ष्य हासिल गर्ने, कर परीक्षण र अनुसन्धान कार्यलाई गुणात्मक रुपमा यथा समयमै सम्पन्न गर्ने, श्रोतमा गरिने करकट्टीको रकम समयमै कार्यालयमा दाखिला गर्न अनुगमन गर्ने तर्फ विशेष ध्यान दिनेलगायतका विषयमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment