+
+

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १०:१६

२० माघ, दाङ । दाङको तुलसीपुर नगरपालिका ११ अश्वारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार विहान घर नजिकैको बारीमा खर काट्दै गर्दा चट्याङ लागेर घाइते भएका ४८ वर्षीय नरेश सेनको राप्ती अन्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रुकुममा चट्याङ लागेर महिला घाइते

यसैगरी रुकुमको खोलागाउँ गाविस ६ टुनीगैराकी २६ वर्षीया निर्मला ओली चट्याङ लागेर घाइते भएकी छन् । मंगलबार विहान साढे ११ बजे घरमा खाना पकाइरहेकोबेला उनलाई चट्याङ लागेको थियो ।

उनको बायाँ खुट्टा र हातमा चोट लागेको छ । खोलागाउँको जोगिनेटास्थित स्थानिय मेडिकलमा उनको उपचार भैरहेको छ ।

चट्याङ लागेर तीन तले घर र सोलार सेटमा क्षेति पुगेको छ । यस्तै एउटा भैंसी, गोरु र ४ ओटा बाख्रा मरेका छन् ।

चट्याङबाट साढे ३ लाख रुपैयाँ बराबरको क्षति भएको घर धनि शान्तबहादुर ओलीले जानकारी दिए ।

-मनिष खड्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?