Comments Add Comment

आहा रारा गोल्डकपमा झापाको विजयी सुरुवात

२२ माघ, काठमाडौं । आहा रारा गोल्डकप फुटबलमा झापा ११ ले विजयी सुरुवात गरेको छ ।

बिहीबार भएको खेलमा झापा ११ जगदम्बा लुम्बिनी क्लबलाई ४-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

पोखरा रंगशालामा भएको खेलमा झापाले चारै गोल दोस्रो हाफमा गरेको थियो । ५० औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै झापालाई सुरुवाति अग्रता दिलाए ।

६६ औं मिनेटमा विशाल राई एले गोल गरे भने ७७ औं मिनेटमा लुम्बिनीका डिफेण्डर रवी सिलवालले अत्मघाती गोल गरेपछि झापा ३-० ले अगाडि भयो ।

खेलको अन्तिम मिनेटमा योगेश गुरुङले गोल गर्दै झापालाई ४-० को जित दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment