+
+

सातामा ५१ प्रतिशतले घट्यो सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २४ गते ९:२८

२४ माघ, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२२ अंकले घटेर ९८४.२२ अंकमा ओर्लिएको छ ।

nepseनेप्सेमा साताभरमा ४५ लाख ३४ हजार कित्ता सेयर १ अर्ब ७४ करोड ८९ लाख पाँच हजार रुपैयाँमा किनबेच भएका छन । यो गत साताको भन्दा ५१ प्रतिशतले कम हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.०१ अंकले घटेर २१०.२३ अंकमा आईपुगेको छ ।

कारोबार रकमका आधारमा यो साता नेपाल इन्भेष्टमेन्ट बैंक अग्र स्थानमा छ । बैंकको २० करोड ५८ लाख ८० हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, हकप्रद सेयर वितरण गर्ने समाचारका कारण सेञ्चुरी कमर्सियल बैंकको सबैभन्दा वढी पटक सेयर कारोबार भएको छ ।

यो साता नौं वटा कम्पनीका सेयर सुचिकृत भएका छन् । आठ वटा कम्पनीको वोनस सेयर सुचिकृत भएको छ भने एनआइबिएल समृद्धि फन्ड-१ का १० करोड इकाइ सुचिकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?