२५ माघ, ललितपुर । ललितपुरमा बसोवास गर्ने तामाङहरुले दुई हजार ८५१ सोनाम ल्होछार( ल्हुक) गोदावरीमा मनाएका छन् ।
नेपाल तामाङ युवा धेदुङ ललितपुरको आयोजनामा ल्होछारका अवसरमा शनिबार गरिएको वनभोज तथा साँस्कृतिक कार्यक्रममा राजधानीमा बसोवास गर्ने तामाङहरु आफ्नो वेशभूषामा उपस्थित थिए ।
कार्यक्रममा सहभागि सभासद् मदनबहादुर अमात्यले सबै जातजातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पुर्याउन ल्होछारले ठूलो भूमिका खेल्ने बताए। सभासद् रेशम लामाले कुल जनसङ्ख्याको ३७ प्रतिशत जनजाति रहेकामा तामाङहरुको उल्लेखनीय सङ्ख्या रहेको बताए ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङले तामाङहरु विश्वको कुनै पनि स्थानमा बसोबास गरे पनि आफ्नो मौलिकतालाई जोगाइराख्न आआफ्नो ठाउँबाट पहल गरिनुपर्ने बताए ।
नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोन र केन्द्रीय सदस्य रामकृष्ण लामाले अब बन्ने संविधानमा तामाङ समुदायको अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा माग गरेका छन् ।
प्रतिक्रिया 4