+
+
Shares

सुरुङ प्रविधि बुझ्न अर्थमन्त्री जापान प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २५ गते ११:१०

२५ माघ, काठमाडौं । सडक विस्तारमा नयाँ प्रविधि भित्र्याउने विषयमा अध्ययन गर्न अर्थमन्त्री डा. रामशरण महत जापान प्रस्थान गरेका छन् । सडक विकासमा जापानी सुरुङ प्रविधि नेपाल भित्र्याउने विषयमा अध्ययन गर्न महत शनिबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जापानको सहयोगमा काठमाडौंदेखि नौविसे जोड्ने टनेल निर्माण हुने भएकोले यस प्रविधिको प्रभावकारिता अध्ययनका लागि महत जापान भ्रमणमा गएका हुन् ।  उक्त टनेल सडकलाई जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अगाडि बढाइरहेको छ । पहाडी मुलुक भएकोले नेपालका अन्य भागमा पनि यस्तो प्रविधि उपयोगी हुने भएकोले यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।

जापान रहँदा महतले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम पनि छ । भ्रमण टोलीमा अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे, सडक विभागका महानिर्देशक माधवकुमार कार्की, उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ, सीडीई नविनकुमार पोखरेल, अनन्तप्रसाद पौडेल र शिवप्रसाद नेपाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?