+
+

अर्भिंङ पूजा समितिको आयोजनामा अमेरिकामा स्वस्थानी साङ्गे

टेक्सास । नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्र (एनसीएससी), अर्भिंङ पूजा समितिको आयोजनामा शनिबार स्वस्थानी माताको पूजा एवं व्रत समापन पूजा सम्पन्न गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २६ गते १४:३६

USA-swasthaniविकास राज न्यौपाने

टेक्सास । नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्र (एनसीएससी), अर्भिंङ पूजा समितिको आयोजनामा शनिबार स्वस्थानी माताको पूजा एवं व्रत समापन पूजा सम्पन्न गरिएको छ ।

पौषशुक्ल पूर्णिमादेखि ब्रत शुरु भै माघ शुक्ल पूर्णिमा (फेब्रुअरी ३) मा समापन हुनुपर्ने भए पनि अधिकांशलार्इ विदा मिल्ने गरी स्वस्थानी ब्रतको साङ्गे गरिएको आयोजक नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्रका संयोजक डा मुरली अधिकारी तथा पूजा समिति संयोजक रमेश पोखरेलले जानकारी दिए ।

कार्यक्रममा महादेब पार्वती तथा स्वस्थानी झाँकी ब्यवस्थापन- नेपाली म्युजिकल कल्चरल ग्रुपका संयोजक हरी थापाले तथा भजन क्रितन ब्यबस्थापन  तुङ्गानाथ उपाध्यायले गरेका थिए । झाँकीमा प्रस्तुत शिव पार्वतीसँग फोटो खिचाउने घुइँचो थियो।

नेपाली समाजका महासचिब विजयराज भट्टराई, समाजसेबी कपिल अधिकारी, टिका पौडेल, प्रकाश गौतम, श्याम देवकोटा, राम घमाल, बिनोद तिवारी, प्रभात दिक्षित, प्रविन ढकाल, दीपक घिमिरे, इन्द्रेणी कल्चर संघका अध्यक्ष नेत्र पाण्डे, एनएसटीका पूर्व अध्यक्ष बैकुण्ठ थापा लगायतले विदेशमा रहेर पनि धर्म संस्कृतिलार्इ बचाइ राख्न सफल भएको तथा धर्म संस्कृतिले विदेशमा रहेका सवै नेपालीलार्इ एकताको सूत्रमा बाँधेको बताए ।

कार्यक्रममा लगभग १६० जना भक्तजनहरुको उपस्थिति रहेको एनएसटी प्रोग्राम इन्चार्ज छविमणि चापागाईले जानकारी दिए ।

यस्तै महाशिवरात्रिको अवसरमा पनि आगामी फेब्रुअरी १७ तारिखको साँझ विशेषा कार्यक्रम राखिएको चापागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?