Comments Add Comment

२०२० को टी-२० वर्ल्डकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने

२७ माघ, काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डले सन् २०२० को आइसीसी टी-२० वर्ल्डकप क्रिकेट आयोजना गर्ने भएका छन् ।

वेन डे वर्ल्डकप अष्टे्रलिया र न्यूजिल्याण्डमा शनिबारबाट सुरु हुँदैछ । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)का प्रमुख कार्यकारी डिभेड रिचार्डसनले वन डे वर्ल्डकप सुरु हुनु ४ दिनअघि टी-२० वर्ल्डकपबारे जानकारी गराएका थिए ।

क्रिकेट अष्ट्रेलियाका प्रमुख जेम्स सन्डरल्याण्डले भने-‘२०२० को वर्ल्डकप टाढा छ । त्यसैले हामीले अहिले वन डे वर्ल्डकपलाई बढी ध्यान दिएका छौं ।’

आईसीसीले प्रत्येक २-२ बर्षमा आयोजना गर्ने वर्ल्डकप टी-२० २०१६ भने भारतले आयोजना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment