Comments Add Comment

कोपनहेगनमा आतंकवादी हमला, एक बन्दुकधारीसहित तीन मारिए

प्रकाश ढकाल

४ फागुन, कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगन पनि आतंकवादीको हमलामा परेको छ । शनिवार साँझ र आइतबार सबेरै बिहान भएका दुइ छुट्टाछुट्टै घटनामा दुई नागरिकको मृत्यु र पाँच प्रहरी घाइते भएका छन् ।

अत्याधुनिक स्वाचालित हतियार द्वारा गराइएको यी घटनालाई डेनमार्ककी प्रधानमन्त्री हेले थोर्निङ्गले आतंकवादी हमला भएको बताएकी छन् । उक्त दुवै घटना घटाउने एकै व्यक्ति भएको र प्रहरीसंगको मुठभेडमा उक्त आतंकवादी पनि मारिएको छ ।

कोपनहेगनको मुख्य केन्द्रबाट पाँच किलोमिटर टाढा ओस्टरब्रो भन्ने ठाउँमा शनिवार साँझ ‘वाक स्वतन्त्रता’ विषयमा बहस आयोजना भैरहेको समयमा अचानक बन्द्कुधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको थियो । त्यस कार्यक्रमको आयोजक स्विडेनका विवादास्पद कार्टुनिस्ट लार्स विल्क्स रहेका थिए ।

कार्टुनिस्ट विल्क्स यसअघि नै मुश्लिम समुदायका धर्मगुरु मोहमदको कार्टुन बनाएर विवादमा परेका थिए । उक्त स्थानमा भएको घटनामा एकको मृत्यु भएको थियो भने तीन प्रहरी घाइते भएका थिए । डेनमार्कका लागि फ्रान्सका राजदुत पनि सहभागी रहेको उक्त कार्यक्रममा कार्टुनिष्ट विल्क्स भने सुरक्षित रहेका थिए ।

त्यसलगत्तै प्रहरीले उक्त बन्दुकधारीको खोजि गरेको थियो । कोपनहेगनको सम्भावित स्थानहरु शिल गरी प्रहरीले खोजीकार्य तीव्र पारेको थियो । शनिवार रातभर कोपनहेगनको आकाशमा हेलिकप्टरबाट समेत खोजी गरिएको थियो ।

प्रहरीले बन्दुकधारी भागेकोले अन्य स्थलमा आक्रमण हुन सक्ने भन्दै कोपनहेगनबासीहरुलाई घरबाहिर ननिस्कन अनुरोध गरेको थियो । शनिवार राती नै  १२:३० मा  १२:३० मा उक्त बन्दुकधारी कोपनहेगन नजिकै ‘जुवीस’ अर्थात यहुदीहरु जम्मा भएको एक भव्य पार्टी स्थलमा गएको र त्यहाँ पनि अन्धाधुन्ध गोली चलाएको थियो ।

करिब ८० जना यहुदीहरु जम्मा भएको उक्त पार्टीस्थलमा प्रहरीले कडा सुरक्षा दिएकोले बन्दुकधारीको यहुदीमाथि आक्रमण गर्ने योजना पुरा सफल हुन पाएन तर त्यहाँ चलाएको गोलीले एक यहुदीको मृत्यु र दुई प्रहरी घाइते भएका थिए । त्यहाँबाट पनि बन्दुकधारी भाग्न सफल भएको थियो । यी घटनामा प्रहरीले दुई बन्दुकधारी रहेको प्रारम्भीक अनुमान गरे पनि दुवै घटनामा एकै व्यक्ति रहेको प्रहरीले आइतबार प्रेस सम्मेलन गरि जानकारी दिएको थियो ।

दुवै घटना त्यसलगत्तै प्रहरीले सुरक्षा कडा पारेर सम्भावित शंकास्पद व्यक्तिहरुको घरमा निगरानी बढाएको थियो । उक्त बन्दुकधारी आफनो अपार्टमेन्ट( कोठा)मा जानको लागी आउने क्रममा प्रहरीसंग मुठभेड भएको थियो ।

प्रहरीले बताए अनुसार नकाब सहित कालो पोशाकमा रहेको बन्धुकधारी लाई सिसिटिभीबाट निगरानी गरी यकिन गरिएको थियो । कोपनहेगनको नअबो भन्ने स्थान नजिकै आफनो अपार्टमेन्ट अगाडी प्रहरी देखेपछि बन्दुकधारीले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा उक्त बन्दुकधारी मारिएको थियो ।

पहिलो घटनाको करिब चौबिस घण्टा पछि प्रहरीले उक्त बन्दुकधारीको विवरण बाहिर ल्याएको छ । ओमार अब्देल हमिद अल.हुस्सेन नाम भएको उक्त व्यक्ति डेनमार्कमा नै जन्मे हुर्केको पनि प्रहरीले बताएको छ । २२ वर्षे उक्त बन्दुकधारी आपराधीक पृष्ठभूमीको रहेको बताइएको छ ।

डेनमार्क शान्त र अपराध कम हुने देश मानिए पनि पछिल्लो समय संगठित अपराध मौलाउँदै गएको भनेर रिपोर्टहरु सार्वजनिक भएका थिए । मुस्लिम आप्रवासीहरुको संख्या उल्लेख्य रहेको डेनमार्कमा आपराधिक कार्यमा मुस्लिम युवाहरु बढी रहेको समेत यहाँका मिडियाहरुले बताउंँदै आएका छन् ।

सन् २००५ मा डेनिस कार्टुनिस्ट कुर्ट वेस्टगार्डले मोहमद्को कार्टुन बनाएर यहाँको मुख्य पत्रिका ‘जिल्याण्ड पोस्टन’ मा छापेपछि डेनमार्क अल कायदा लगायत अन्य मुस्लिम अतिवादी संगठनको तारो बन्दै आएको थियो । घटनापछि कोपनहेगनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment