Comments Add Comment

बार एशोसिएशनका अध्यक्षका उम्मेदवारको दावी : न्यायपालिका सुधार गर्छु

८ चैत, काठमाडौं । नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासीद्धय चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेल दुवैले आफ्नो जीत हुने दाबी गरेका छन् ।

नेकपाका तर्फबाट श्रेष्ठ नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने कांग्रेसको तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्षका प्रत्यासीद्धय श्रेष्ठ र पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका हुन् । प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले आफूहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकार : स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा दिएको सुनाए ।

उनले न्यायापालिकामा देखिएको विकृति, विसंगति तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने सुनाए । विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितको लागि आफूले काम गर्ने श्रेष्ठको प्रतिबद्धता छ ।

स्वतन्त्र न्यायपालिका बनाउनको लागि बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने पनि उनले सुनाए ।

बृहत लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी सुनिल पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा तय गरेको सुनाए ।

पोखरेलले यसपटकको निर्वाचन नेतृत्व केन्द्रित नभएर नीति केन्द्रित हुने स्पष्ट पारे । न्यायापालिकामा रहेका विकृति सुधार्नुनै आफ्नो प्रमुख लक्ष्य भएको उनको भनाइ छ ।

उनले आफूले बारको भिजन र मिशनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment