Comments Add Comment

‘अन्सारीको नियुक्तिले संवैधानिक अंगकै मर्यादा घटायो’

सुनुवाइ समितिको अधिकार दुरुपयोग भएको कांग्रेस सांसदको दावी

८ चैत, काठमाडौं । नेपाली कांग्रेसले मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीको नियुक्तिको प्रक्रियाका सम्बन्धमा प्रश्न उठाएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकको विशेष समयमा कांग्रेस सांसद अनिता देवकोटाले संविधानको मर्म र भावना विपरीत कुनै पार्टीको केन्द्रीय सदस्य रहेका अन्सारीलाई नियुक्त गरिनु दुर्भाग्यपूर्ण भएको बताइन् । ।

‘अन्सारीको नियुक्तिसँगै सर्वोच्च अदालतको संवैधानिक निकायका प्रमुखहरु निष्कलंक हुन्छन् भन्ने ब्यख्याको उलंघन गरेको छ’ ‘देवकोटाले भनिन्, ‘मुस्लिम आयोगमा सिफारिस भएका अन्सारीको सुनुवाई समितिले स्वीकार वा अस्वीकार नगरी अनिर्णयको बन्दी बनायो । यसले सुनुवाई समितिको अधिकारको दुरुपयोग भएको छ । समितिको महत्व घटाएको छ ।’

संवैधानिक निकायका प्रमुखलाई सुनुवाई समितिबाट अनुमोदन नगरे पनि हुन्छ भन्ने नजिर स्थापित भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरिन् ।

सुनुवाइ समितिबाट अनुमोदित नभए पनि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी थिइन् । अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा सुनुवाई समितिमा उजुरी परेको थियो । उजुरीका सम्बन्धमा छलफल गरे पनि समितिले अन्सारीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्न सकेको थिएन ।

सत्तारूढ नेकपाभित्रको आन्तरिक विवाद, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लगातारको समितिको बैठक बहिष्कारले पनि समिति अन्सारीका विषयमा निर्णयमा पुग्न सकेको थिएन । यस्ता गतिविधिले संसदीय समितिले सही परिणाम दिन सक्दैन भन्ने परेको भन्दै सांसद देवकोटाले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment