+
+
Shares

‘कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ’ नरोक्न बहुराष्ट्रिय कम्पनीको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते १४:५९

८ चैत, काठमाडौं । विदेशी लगानी रहेका कम्पनीहरुले अन्य कम्पनीसँग करारमा उत्पादन (कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ) गर्न दिन नपाउने गरी कानून ल्याउन लागिएको भन्दै बहुराष्ट्रिय कम्पनीहरुले विरोध जनाएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको मस्यौदा बिधेयक, २०७५मा विदेशी लगानीका उद्योगले मुख्य उत्पादनलाई करारमा उत्पादन गर्न निषेध गरिएको छ ।

संसदमा विरचाराधीन यो कानुन जुन जस्ताको तस्तै पारित भएमा सम्भावित विदेशी लगानीका लागि अवरोध मात्र पुग्ने दावी बहुराष्ट्रिय कम्पनीको छ । सूर्य नेपाल, युनिलिभर नेपाल लिमिटेड, एसियन पेन्ट्स लगायतका बहुराष्ट्रिय कम्पनीले करार गरेर उत्पादन गर्ने गरेका छन् ।

यसले विदेशी लगानीलाई नकरात्मक प्रभाव पार्ने दावी उद्योगीको पनि छ । हाल विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना उत्पादन करार सम्झौता गरेर अन्य उदोगलाई उत्पादनका लागि दिने गरेका छन् ।

विदेशी लगानी ल्याएका उद्योगले करारमा दिनु सान्दर्भिक नभएको तर्क गर्दै सरकारले करारमा हुने उत्पादन रोक्न खोजेको छ । उद्योग मन्त्रालयका अनुसार विदेशी लगानीका उद्योगले सरकारी सेवा सुविधा लिएर आफ्नो मुख्य उत्पादन नै करारमा गर्नु सही नभएको निश्ष्र्का निकाले यस किसिमको व्यवस्था प्रस्ताव गरिएको हो ।

प्रस्तावित बिधेयकको दफा ४४ ले विदेशी लगानी भएका उद्योगले करार गरी उत्पादन गर्न सक्नेे सम्बन्धमा विदेशी लगानी भएका उद्योगले त्यस्तो उद्योगको उत्पादनको मुख्य उत्पादन बाहेक आफ्नो उत्पादनको कुनै भाग वा उद्योगलाई आवश्यक पर्ने सहायक वस्तु वा सेवा अन्य उद्योगसँग करार गरी उत्पादन गर्न सक्नेछ  भन्ने व्यवस्था छ ।

विधेयककको मस्यौदा बिधेयकको उक्त व्यवस्थालाई जस्ताको तस्तै पारित गर्ने हो भने गैर स्वपूँजी प्रकृतिको विदेशी लगानीलाई आकषिर्त गर्ने महत्वपूर्ण ढोका बन्द हुने चेतावनी यस्ता कम्पनीहरुको  छ।

सूर्य नेपाल प्रालिसहित कम्पनीले वस्तु तथा सेवाहरु लगायत कुनै पनि उद्योगको मूख्य उत्पादन समेत करार गरी उत्पादन गर्न सकिने व्यवस्था गर्न बहुराष्ट्रिय कम्पनीले सरकारसँग माग गरेका छन् ।

उनीहरुकाअनुसार करार गरी उत्पादन गर्ने काम विदेशी लगानी भित्र्याउनका लागि विदेशी लगानीकर्ताहरुद्वारा अत्यन्त मन पराइएको विधि हो ।

स्वपूँजी लगानीलाई मात्र महत्व दिन छाडेर गैर स्वपूँजी लगानी मार्फत समेत लगानी आकषिर्त गर्ने तर्फ ध्यान केन्द्रित गर्नु जरुरी रहेको तर्क बहुराष्ट्रिय कम्पनीहरुको छ ।

सापेक्ष रुपमा कम प्रतिस्पर्धी औद्योगिक वातावरण तथा व्यवसाय गर्ने तर्फ समेत उच्च जोखिम भएको नेपाल जस्तो कम विकसित मुलुकमा लगानी गर्ने तर्फ विदेशी लगानीकर्ताहरु खासै रुचि नराख्ने र लगानीकर्ताहरु प्रत्यक्ष रुपमा स्वपूँजी लगानी गर्नेतर्फ समेत त्यति उत्साहित नहुने गरेकाले करार गरी उत्पादन गर्न सकिने व्यवस्था प्रभावकारी हुने भनाइ उद्योगीहरुको छ ।

वहुराष्ट्रिय कम्पनीहरुलाई आकषिर्त गरी करार मार्फत उत्पादन गर्नका लागि यस प्रकारको विश्वव्यापीरुपमा परिक्षण भई लागू गरिसकिएको लगानीको गैर स्वपँूजी विधिलाई नेपालको कानूनमा उपयुक्त ढंगले व्यवस्था गर्नु गर्नुपर्ने माग उनीहरुको छ ।

करार गरी उत्पादन गर्दा अर्थतन्त्रलाई भूमण्डलीय मूल्य श्रृंखलासँग जोडिने अवसर प्रदान गर्ने तर्क उद्योगीहरुको छ ।

विश्वव्यापी कम्पनीहरुका लागि करार गरी उत्पादन गर्ने धेरै ठूला कर्पोरेशनहरु चीन, सिंगापुर तथा ताइवान लगायतका मुलुकहरुमा सफलतापूर्वक सञ्चालन भइरहेका छन् ।

गैर स्वपूँजी विधिमार्फत लगानी गरी यी बजारहरुमा प्रवेश गर्ने धेरै भूमण्डलीय कर्पोरेशनहरुले यी क्षेत्रहरुलाई उनीहरुका भूमण्डलीय उत्पादन केन्द्रको रुपमा विकास गरेका छन् ।

नेपालले उत्पादनशील क्षेत्रमा स्वपूँजी विधिमार्फत विदेशी लगानी आकषिर्त गर्दा भारत र चीनका विशाल बजारका लागि उत्पादन केद्रको रुपमा विकसित हुने ठूलो सम्भावना रहेको दावी कम्पनीहृरुको छ ।

करार गरी उत्पादन गर्ने कार्यले स्थानीय व्यवसायीहरुमा व्यवसाय नमूना, व्यवस्थापन, उत्पादन तथा प्रविधि सम्बन्धी क्षेत्रको विशेषज्ञ ज्ञान लगायत सीप हस्तान्तरण तर्फ उन्मुख गराउने तर्क पनि गरिएको  छ । यसले स्थानीय कामदार कर्मचारीहरुलाई तालिम प्रदान गरी सक्षम कार्यबल विकास गर्न    सघाइरहेको छ ।

यो प्रकारको लगानी विधिमार्फत उच्च गुणस्तरीय वस्तु उत्पादन गर्ने मितव्ययी नमूना विकास भई मुलुकमा औद्योगिक वातावरणको प्रतिश्पर्धात्मक क्षमतामा वृद्धि हुन जाने दावी उद्योगीहरु गर्छन् ।  करार उत्पादन रोक्दा विदेशी लगानी भएका कम्पनीहरुको निश्चित व्यसायमा असर पर्ने चेतावनी उद्योगीको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?