+
+
Shares

विपिन जोशीको निधनप्रति सभामुख : कूटनीतिक पहल भए पनि परिणाम दु:खद आयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले इजरायलमा अपहरणपछि निधन भएका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
  • जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेको थियो र सोमबार हमासले उनको मृत्यु पुष्टि गरेको थियो।
  • सभामुख घिमिरेले कुटनीतिक पहल भए पनि परिणाम दु:खद आएको भन्दै आगामी दिनमा नेपाल सरकारले नेपाली नागरिकको सुरक्षामा प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।

२८ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको भएको प्रति दु:ख व्यक्त गरेका छन् ।

जोशीको निधनले अत्यन्त दु:खी र मर्माहत बनाएको भन्दै सभामुख घिमिरेले भनेका छन्, ‘जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा दिएको छ ।’

अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।

सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो । इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ ।

सभामुख घिमिरेले आफूले विगतमा जोशीको रक्षार्थ पहल गरेको स्मरण गर्दै कूटनीतिक पहल भए पनि परिणाम दु:खद आएको बताएका उनको सचिवालयले जनाएको छ ।

‘विपिनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै  विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ । सभामुखको तर्फबाट पनि विभिन्न संसदीय फोरमसँगै कूटनीतिक पहल भए पनि परिणाम दुखद हुन गएको छ,’ सभामुख घिमिरेले भने ।

देशका लागि ज्ञान, सीप र अनुभव लिएर फर्कन सपना बोकेका युवाको असामयिक बिदाई हृदयविदारक रहेको भन्दै सभामुख घिमिरे जोशी परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

साथै उनले नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूले आगामी दिनमा इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षामा अझ प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?