+
+

नायिकाको शिवरात्री : ‘कोही गाँजामा मस्त, कोही ब्रत बस्दै’

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ५ गते १४:२०

dipak-dipa-and-rekha
आज महा-शिवरात्री पर्व । नेपालीहरु विभिन्न तरिकाले यो पर्व मनाउँदैछन् । शिवरात्रीमा विशेषगरि उमेर अनुसारका मानिसलाई आ-आफ्नो चाँसो हुन्छ ।

बालबालिका बाटो छेकेर रमाइलो गर्छन् भने विवाहित महिलाहरु ब्रत बसेर पतिको लामो आयूको कामना गर्छन् । अविवाहित महिलाहरु शिव जस्तै पति पाउँ भन्दै ब्रत बस्छन् । यूवाहरुको यो पर्व मनाउने तरिका आफ्नै छ । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकार पनि यो पर्वलाई आ-आफ्नै तरिकाले मनाइरहेका छन् ।
rekha-shivarati-photoरेखा थापा
नायिका रेखा थापाले आफूले हरेक नेपाली चाडपर्व मनाउने बताइन् । उनले आफ्ना साथीसँग शिवरात्री रमाइलो र सामान्य तबरले मनाउने बताएकी छिन् ।

उनले नेपाल धार्मिक र सांकृतीक रुपमा धनी देश भएको भन्दै पर्व मनाउनु खुशी साट्ने एउटा गतिलो बहाना हो भनिन् । रेखा थापाको शिवरात्रीमा विभिन्न खालका तस्बिर सार्वजनिक हुन्छन् । उनले शिवजीको प्रसाद तान्ने योजना सुनाइन् ।

तर, उनी अचेत हुनेगरि आफूले प्रसाद नतान्ने बताउँछिन् । पहिलो पटक सात बर्ष अघि गाँजा तान्दा आफू हाँसके हाँसै भएको अनुभव उनीसँग छ । तर, अहिले भने रेखालाई यस्तो केही भएको छैन ।
dipak-and-dipaदीपाश्री निरौला
कलाकार दीपाश्री निरौलाको यसपटकको शिवरात्री खुबै रमाइलो भैरहेको छ । पुल्चोकमा रहेको महादेवको मन्दिरमा दीपा कलाकार दिपकराज गिरी, निर्मल शर्मा लगायतको टिमसँग बसेर गाँजा तान्नमा नै मस्त छिन् ।

उनले भनिन्-‘मैले यसरी गाँजा तान्न थालेको ५ बर्ष भयो । हामी सबै झ्याप छौ ।’ दीपाले यसपटक आफू शिवरात्रीमा ब्रत बसेको बताइन् । ‘यसपटक ब्रत बसेकी छु, हेरौ शिवले केही गरिहाल्छन् कि ?’ उनले आफू फलफूल र गाँजा मात्र खाएर ब्रत बसिरहेको बताइन् ।

गरिमा पन्त

नायिका गरिमा पन्तले शिवरात्रीमा आजसम्म ब्रत नबसेको बताइन् । उनले आफूलाई ब्रतमा खासै रुची पनि नभएको खुलाइन् । गरिमा भन्छिन्-‘शिव जी जस्तो पति मलाई चाहिदैन । यसरी भाङ र धतुरो खाने पति पाएर पनि के गर्नु ? भगवानको लागि उहाँ ठीक हुनुहुन्छ ।’

उनले आजसम्म आफूले गाँजा नतानेको पनि बताइन् । आफूलाई गाँजा, धतुरोको टेष्ट गर्ने रहर पनि नभएको खुलाइन् ।

बिहानै उठेर घरमै शिव भगवानको पूजा गरेकी गरिमाले बेलुकी आमालाई लिएर पशुपति जाने योजना सुनाइन् ।

प्रियंका कार्की

‘एनसेल इभेन्ट’का लागि आज मलेसिया जान लागेकी नायिका प्रियंका कार्कीले आफू आजसम्म ब्रत नबसेको बताइन् । उनले सँधै काममा नै व्यस्त भएकाले ब्रत बस्दा स्वास्थ्यका लागि झनै असर पर्ने भएकाले नबसेको बताइन् ।

तिथीका हिसाबले आज जन्मदिन परेकाले पनि प्रियंकाले पूजा भने गरेकी छन् । आजसम्म शिवरात्रीमा ब्रत नबसेकी प्रियंका आफूसँग गाँजा तानेको अनुभव भएपनि आजैको दिनमा भने नतानेको बताउँछिन् ।

उनी, यो दिनमा गाँजा खानैपर्छ भन्ने नरहेको प्रतिक्रिया दिन्छिन् । उनले आफूलाई ‘शिवजीको बुटि’ तान्ने रहर पनि खासै नलाग्ने अनलाइनखबरसँग भनिन् ।

वेनिशा हमाल

नायिका वेनिशा हमाल आफूले आजसम्म गाँजा नतानेको बताउँछिन् । अनलाइनखबरसँग कुरा गर्दै वेनिशाले भनिन्-‘मैले गाँजा नचाखेकै त होइन तर शिवरात्री मै भनेर खाएकी छैन ।’

गतबर्ष ब्रत बसेकी वेनिशाले यसपटक भने यसलाई निरन्तरता दिएकी छैनन् । उनले ब्रत बस्ने बानी नभएकाले पनि होला, बस्न नसकेको बताइन् ।

यस्तो छ पार्वती र आस्थाको भनाई

मोडल पार्वती राई पनि आजसम्म आफूले गाँजा नतानेको बताउँछिन् । उनले अरुले खाएको देखेपनि आफूलाई मन नपर्ने बताइन् । यस्ता चाडपर्वमा गाँजा तान्नु ठिकै भएपनि सधै गाँजा तान्नेहरु भने आफूलाई मन नपर्ने पार्वतीको भनाई छ ।

उनले आफू सानो छँदा शिवरात्रीमा पशुपति गएको सुनाइन् । पशुपति क्षेत्रको  दृश्यले आफ्नो मन तान्ने पार्वतीको भनाई छ । उनले यसपटक कार्यक्रमको सिलसिलामा आफू मलेसिया जान लागेकाले पशुपति जान नपाएको जानकारी दिएकी छिन् ।

गायिका आस्था राउतले पनि गाजा, चुरोट खान आफूलाई मन नपर्ने बताइन् । उनले अरुले खाएको पनि आफूलाई मन नपर्ने बताएकी छिन् । तर, शिवरात्रीको दिन पशुपति जाँदा छुट्टै अनुभुती हुने उनको भनाई छ । उनले साँधुहरुको छेउमा बसेर गाँजा तान्नेहरु आफूले देखेको बताउँदै एकाध तान्नु नराम्रो नभएपनि सधै तान्नु गलत बानी भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?