Comments Add Comment

विमलेशले रचनालाई चोट दिएपछि

sutting  (6)
नव-कलाकार रचना लामालाई मोडल तथा कलाकार विमलेश अधिकारीले चोट दिएका छन् । वियोगान्त परिवेशको यी दुइको प्रेमकथालाई निर्देशक श्रीधर पौडेलले एक म्यूजिक भिडियोमा देखाएका छन् ।

वुधबार छायांकन गरिएको म्यूजिक भिडियोमा रचना र विमलेशले वियोगान्त प्रेमकथा कोरेका हुन् । दिनेश थपलियाको शब्द, दिपक शर्माको संगीत र अञ्जु पन्तको स्वर रहेको ‘आफ्नो मान्छेबाटै चोट पाएँ’ बोलको गीतको भिडियो छायांकन गरिएको हो । गीतकार थपलिया पश्चिमाञ्चलका क्षेत्रिय प्रशासक समेत हुन् ।
sutting  (9)
भिडियोको छायांकन सुदिप बरालले गरेका हुन् । श्रीधर पौडेलले हालसम्म ७ वटा म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । उनले ७ वटा विज्ञापनको निर्देशन र दर्जन बढी विज्ञापनको छायांकन गरिसकेका छन् ।
sutting  (2)
भिडियोलाई एक सातामै बजारमा ल्याउने निर्देशकको भनाई छ । शुभ मिडिया होमको प्रस्तुतीमा तयार भएको ‘सारंश’ एल्बममा यो गीत समावेश छ । sutting  (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment