+

झापा ११ बन्यो विराट गोल्डकपको च्याम्पियन

२०७१ फागुन  ९ गते १६:४४ २०७१ फागुन ९ गते १६:४४
झापा ११ बन्यो विराट गोल्डकपको च्याम्पियन

jhapa-11
९ फागुन, बिराटनगर । विराट गोल्डकप फुटबलको उपाधि झापा ११ ले जितेको छ । शनिबार भएको फाइनल भिन्डतमा नेपाल आर्मीलाई २-१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।

BIRAT-GOLDCUPझापा ११ ले उपाधिसँगै ५ लाख रुपैयाँ हात पारेको छ । झापाले वर्षको सुरुमा एन्फा कप पनि जितेको थियो ।

बिराटनगरको सहिद रंगशालामा भएको खेलमा झापाले छैटौं मिनेटमा नै खमिर काङदङवाको गोलबाट अग्रता लियो । २४ औं मिनेटमा कर्ण लिम्बुले गोल गर्दै झापालाई २-१ को अग्रता दिलाए ।

३३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्ने मौका गुमाएपछि झपाले पहिलो हाफ २-० को अग्रता लियो ।

दोस्रो हाफमा आर्मीले खेलमा फर्कने प्रयास गर्‍यो । ८४ औं मिनेटमा भरतको पासमा आर्मीका टंक बस्नेतले गोल गर्दै झपाको अग्रता २-१ मा झारे । तर, निकै ढिला भइसकेको थियो । खेलमा थप गोल हुन सकेन र झापा च्याम्पियन बन्यो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय