+
+

नेवि संघ र तरुण दलको महाधिवेशन बैशाखभित्र गर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १० गते १९:२०

Nepali-Crongrss

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेवि संघसहित तीन भ्रातृ संगठनको महाधिवेशन बैशाखभित्र गर्ने प्रस्ताव पेश भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महामन्त्री कृष्ण सिटौलाले नेवि संघ, तरुण दल र महिला संघको महाधिवेशन बैशाखभित्र गर्ने प्रस्ताव राखेका हुन् । बैठकमा विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले नेविसंघको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा प्रतिवेदन पेश गरेका थिए ।

नेवि संघको महाधिवेशनको मिति सात पटकभन्दा बढी तोकेर पनि हुन सकेको छैन । कांग्रेसका अधिकांश भ्रातृ संगठनमा लामो समयदेखि महाधिवेशन हुन सकेको छैन ।

कांग्रेसले भदौं अन्तिम साता काठमाडौंमा १३ औं महाधिवेशन गर्ने निर्णय यसअघिको बैठकबाट गरेको थियो ।

सहमति प्रयासबारे रामचन्द्रको विफ्रिङ

केन्द्रीय समितिमको बैठकमा उपसभापति रामचन्द्र पौडेलेले संविधान निर्माण र विपक्षीहरुसँगको वार्ता प्रयासबारे बि्रफिङ गरेका छन् ।
माओवादीले वार्ता र सहमतिका लागि भन्दै आन्दोलन थालेको तर, वार्तामा बस्न नमानेको भन्दै उनले अब के गर्ने भनेर केन्द्रीय सदस्यहरुसँग सुझाव मागेका छन् ।

बैठकमा केन्द्रीय सदस्य रमेश रिजालले अनुशासन समितिले कारबाही सिफारिस गरेकाहरुलाई आममाफी दिने चर्चा सुनिएको भन्दै प्रष्ट पार्न नेतृत्वलाई आग्रह गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य प्रकाशशरण महतले भने-‘अनुशासन समितिको सिफारिस अन्यायपूर्ण भयो भन्दै जुन निवेदन आएका छन्, ति मध्ये कुन उजुरी जायज हो, कुन जायज होइन भनेर छानविन होस् भन्ने कुरा उठेको छ ।’ उनका अनुसार छानविन समिथिले अध्ययन गरेर मात्र निर्णयमा पुग्नुपर्ने सदस्यहरुको सुझाव छ ।

बैठक सोमबार पनि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?