+
+

एनआरएनएन स्पेन, वार्षिक साधारण सभाको तयारीमा

बार्सिलोना । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनले आगामी हप्ता बार्सिलोनामा वार्षिक साधारणसभा गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १२ गते १०:०६

nrn spainबसन्त रानाभाट

बार्सिलोना । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनले आगामी हप्ता बार्सिलोनामा वार्षिक साधारणसभा गर्ने भएको छ । संघको प्रगति विवरण, आय व्यय लगायत कार्ययोजनाहरु प्रस्तुत गर्ने तयारीका साथ साधारणसभा गर्न लागेको हो।  गत वर्ष डिसेम्बर अगाडी नै साधारणसभा सम्पन्न भईसक्नुपर्ने भए पनि ढिलोगरि हुन लागेको छ।

बार्सिलोनामा सम्पन्न सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौं महिला सम्मेलनको बिषयमा उठेका अनियमितताका प्रसंगहरु छानबिनै क्रममा रहेकोबेला नै साधारणसभा गर्ने मिति परेकोले समयमा गर्न नसकिएको संघका अध्यक्ष एकराज गिरीले अनलाईनखबरलाई बताए ।

उनले भने, “आर्थिक छानबिन र अनुशासन समितिले कुनै किसिमका अनियमितता नभएको ठहरपछि क्षेत्रीय बैठकका विषयमा टुङ्गो लगाएको थियो तर तुरुन्त गर्ने भनिएको साधारणसभा, दूतावास स्थापनाको मागसहित नेपाल डेलिगेसन जाने निर्णयले फेरि पर धकेलिएको हो।”

वार्षिक साधारणसभा खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न गर्ने संघले जनाएको छ। संघले साधारणसभाको लागि तयारी समितीको संयोजकमा उपाध्यक्ष निरजकुमार पोख्रेल र ब्यवस्थापनको लागि अर्का उपाध्यक्ष अर्जुन आचार्यलाई जिम्मेवारी दिएको छ।

के छन् त नीति तथा योजनाहरु ?

एनआरएनए स्पेनले नेपाललाई विश्व सामु चिनाउने लक्ष्यसहित गर्दै आएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तररता दिने भएको छ। स्पेनिस समुदाय माझ यस वर्ष नेपाललाई चिनाउने र प्रर्यटन बिकासमा टेवा पुग्ने कार्यक्रमबारे छलफल गरि तय गर्ने योजना लिएको छ। बुद्ध पूर्णिमाको उपलक्ष्यमा कार्यकम्र गर्ने यसअघि निर्णय गरिसकेको छ । संघले गत वर्ष युरोपियन क्षेत्रीय बैठकमा पनि हिमाल आरोहण गरेका स्पेनिसहरुलाई सम्मान तथा नेपाललाई चिनाउने भिडियोहरु देखाएको थियो। पेरिसस्थित नेपाली राजदूतावास, बार्सिलोनामा रहेको नेपाली कन्सुलर कार्यालय र संघको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरेको थियो।

साधारणसभामा संघको कल्याणकारी (राहत) कोष वृद्धि गर्नेबारे छलफल हुने भएको छ। कोषलाई अझ कसरी ब्यवस्थित गर्ने भन्नेबारे पनि योजना बनाउने लक्ष्य लिएको संघले जनाएको छ।

यस्तै फुटबलको लागि संसार कै लोकप्रिय देश मध्येपर्ने स्पेनमा हुर्केका नेपाली बालबालिकाहरुलाई कसरी ब्यवसायिक फुटबलमा जाने प्रेरणा दिन सकिन्छ भन्नेबारे पनि गम्भिर छलफल गर्ने संघले जनाएको छ। बालबालिकाहरुलाई ब्यवसायिक फुटबलमा जाने बाटो तय गर्न स्पेन भित्र वा बाहिरका प्रतियोगिताहरुमा समेट्नेबारे छलफल गरिने भएको छ। यसअघि संघले हरेक वर्ष दिपावली कप फुटबल प्रतियोगीता मात्र गर्दै आएको थियो। प्रतियोगितामा नेपाली बालबालिकाहरुले भाग लिदै आएका छन्।

युरोपियन क्षेत्रीय बैठक तथा सरकारलाई बुझाएको ज्ञापनपत्रको समीक्षा

गत वर्ष बार्सिलोनामा सम्पन्न सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौ महिला सम्मेलनबारे साधारणसभामा छलफल र समीक्षा हुने भएको छ। क्षेत्रीय बैठक स्पेनमा आयोजना गर्न पाउनु र यसबाट स्पेनलाई पुगेको लाभ बारे पनि छलफल गर्ने संघले जनाएको छ।

यस्तै स्पेनमा राजदुतबासको मागसहित एनआरएनए स्पेनको नेतृत्वमा नेपाल सरकारलाई बुझाएको ज्ञापनपत्र र भेटवार्ताको बारेमा पनि जानकारी गराईने भएको छ। यहाँ बस्ने नेपालीहरुका समस्या समाधानका लागि भन्दै संघको प्रतिनिधिमण्डलले गत महिना राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोईराला, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे, अर्थमन्त्री डा. रामशरण महत, नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, परराष्ट्र सचिव शंकरदास बैरागी लगायतसँग भेटवार्ता गर्दै ज्ञापनपत्र बुझाएको थियो।

साधारणसभा चौथो अधिबेशनका लागि अझ महत्वपूर्ण

अहिले गर्ने भनिएको साधारण सभा लगत्तै ४-५ महिनाको अवधिमा नै संघको चौथो अधिबेशनको नजिकिदै गर्दा छलफलहरुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ। स्पेनमा रहेका राजनीतिक निकट संगठन,जातीय तथा क्षेत्रीय संघसस्थाहरुको सहमतीय प्रकियामा एनआरएनएन स्पेनको कार्यसमिती बन्दै आए पनि अब भने कठिन हुने आकलन गरिएको छ।

बढ्दै गएका क्षेत्रीय तथा जातीय संघ सस्थाहरुलाई कसरी समेट्ने भन्ने बिषयमा पनि छलफल हुनु पर्ने देखिन्छ। अर्को तर्फ संघको कार्यसमिती ढाचा बार्सिलोना केन्द्रित बढी देखिकोले स्पेनका अन्य शहरमा बस्ने नेपालीहरुको सहभागिता बारे नयाँ कार्यसमितिमा कसरी समेट्ने भन्ने बारे बहस जरुरी छ । करिब १० हजार नेपालीहरुको अनुमान गरिएको स्पेनमा करिब आधा भन्दा बढी बार्सिलोना बाहिर बस्ने नेपालीहरुको सहभागिता कार्यसमितीमा नरहे, उठ्ने गम्भिर प्रश्नको जवाफ खोज्न जरुरी छ।

यदी सहमतीय प्रकिया सम्भव नभए निर्बाचनमा जानको लागि साधारण सदस्यता बारे बेलैमा टुङ्गो लगाउनु पर्ने अहिलेको कार्यसमितीलाई थप जिम्मेवारी देखिन्छ। बेलायतमा पनि एनआरएनए बिबादको मूल जड सदस्यता बिबाद नै भएकोले यो बाट पाठ सिकेर बेलैमा सचेत हुनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?